

दुम्किबास । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत सवस्टेशन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका भित्र विद्युतिकरणका लागि पालिकाको वडा नम्बर –२, दुम्किबासमा नयाँ विद्युत सवस्टेशन निर्माणको काम सुरु भएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
विद्युत सवस्टेशन निर्माणका लागि निर्माण कम्पनीका प्रतिनिधि अहिले निर्माण स्थलमा आइपुगेका छन् । दुम्किबासमा निर्माण सुरु गर्न लागिएको विद्युत सवस्टेशनका लागि छुट्याइएको जग्गाको चार किल्ला पहिचानका लागि प्राविधिकहरूले काम सुरु गरेको पालिका अध्यक्ष गिरीले बताउनुभयो । विद्युत सव स्टेशनका लागि चार बिघा जग्गा विद्युत प्राधिकरणको नाममा ल्याएर साइट किलिएरको काम सकिएपछि थप काम अघि बढ्न लागेको अध्यक्ष गिरीले बताउनुभयो । ‘निर्माण कम्पनीका प्रतिनिधि फिल्डमा आउनुभएको छ, जग्गाको थप प्रमाणीकरणको काम हुँदै छ, अब लगतै निर्माणको काम अघि बढ्छ’ गाउँपालिका अध्यक्ष गिरीले भन्नुभयो ।
एक सय ३२ केभि प्रसारण लाइनमा डबल सर्किटको सवस्टेशन निर्माणको काम सुरु भएको हो । एसियाली विकास बैंकको सात मिलियन अमेरिकी डलर सहयोगमा निर्माण गर्न लागिएको यस आयोजना अबको २२ महिनामा सम्पन्न गर्ने लक्ष रहेको छ ।
विनयी त्रिवेणीको दुम्किबास क्षेत्र सहित वरपर हाल नवलपरासी पश्चिम बर्दघाट स्थित सवस्टेशन बाट विद्युतिकरण गरिएको छ । टाढा बाटा ल्याइएको प्रसारण लाइनका कारण ठूलो समस्या झेल्नुपरेको अध्यक्ष गिरीले बताउनुभयो । लो भोल्टेस सहित बर्खाको समयमा दाउन्ने क्षेत्रमा विद्युत पोलमा क्षति हुँदा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकोमा दुम्किबासमा सवस्टेशन निर्माण पछि ति समस्या समाधान हुने उहाँले बताउनुभयो । ‘अहिले धेरै समस्या झेल्नुपरेको छ,तार मात्रै टाँगिएको छ, लो भोल्टजको समस्या उस्तै छ, दाउन्ने क्षेत्रमा बर्खामा विद्युत पोलमा क्षति हुँदा कति समय अन्धकारमा बस्नुपर्ने स्थितीछ ,अब चाडै ति समस्या समाधान हुनेछ ’ अध्यक्ष गिरीले भन्नुभयो ।
गाउँपालिका भित्रका वडा नम्बर ३ र ५ मा अझै विद्युतिकरण नहुँदा कतिपय स्थानीय अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकाले पालिका भित्र सबै क्षेत्रमा सहज रुपमा विद्युतिकरणका लागि यो आयोजनाले सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष गिरीले बताउनुभयो । यि वडाका कतिपय क्षेत्रमा सामुदायिक विद्युतिकरण सहित लघु जलविद्युत आयोजनाबाट विद्युतिकरण गरिएको भएपनि समस्या धेरै रहेकाले ति समस्या समाधान गर्न यो आयोजनाले सहयोग पुग्ने उहाँले बताउनुभयो । सवस्टेशन निर्माण पालिकाको भविष्यसँग समेत जोडिएको अध्यक्ष गिरीले बताउनुभयो । ‘लो भोल्टेज हुँदा घरयासी उपभोक्ता सहित भएका उद्योगहरूले थप समस्या झेलिरहेका छन् , भारतीय सीमासँग जोडिएको पालिका भएकाले उद्योगहरू आउन खोजीरहेका छन्, तर विद्युत छैन ,यसले धेरै पछि पारेको छ, बनेपछि औद्योगिकरण मा सहयोग त पुग्छ नै उज्यालो विनयी त्रिवेणी बनाउने हाम्रो योजना पनि सफल हुन्छ’ अध्यक्ष गिरीले भन्नुभयो ‘यस कारण यो आयोजना पालिकाको भविष्यसँग जोडिएको छ।’
दुम्किबासमा विद्युत सवस्टेशन निर्माणपछि मध्यविन्दु नगरपालिका क्षेत्रमा समेत विद्युतीकरणमा थप सहजता हुने आयोजनाले जनाएको छ ।
भिडियो सामाग्री
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |