

देवचुली। गण्डकी प्रदेशद्वारा देवचुली नगर अस्पतालमा बेबी वार्मर हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले अस्पतालका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख हरिप्रसाद न्यौपानेलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो।
गत मंसिर १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ नवलपुर आएको समयमा नगर प्रमुख न्यौपानेसहितको टोलीले नगर अस्पतालको स्तरवृद्धिका लागि सहयोग गर्न मन्त्री समक्ष अनुरोध गरेको थियो। सोही अनुसार गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बेबी वार्मरसँगै एक जना डाक्टरसहितको दरबन्दी उपलब्ध भएको स्रोतको भनाई छ।
नगर अस्पताल अवलोकनका क्रममा केही समय अघिबाट डाक्टर रिक्त रहेको थाहा भएकोले उक्त मा मुस्ताङ जिल्ला अस्पतालबाट डाक्टर राजिव सापकोटालाई देवचुली नगर अस्पताल पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले बताउनुभयो ।प्रदेशको स्वास्थ्य संस्थाहरुको स्तरोन्नति तथा सेवा प्रवाह वृद्धि गरि जनतालाई सहज बनाउन लागि मन्त्रालय सदैव लागिरहेको उहाँले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले नगर अस्पतालको स्तरवृद्धिका लागि मन्त्रालयबाट सहयोग गरेकोमा मन्त्री मधु अधिकारी गुरुङलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग निरन्तरताका लागि अनुरोध गर्नुभयो ।
बेबी वार्मर हस्तान्तरण कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनी , वडा अध्यक्ष तथा कार्यपालिका सदस्य,स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठलगायत अस्पतालका सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |