२०८१ जेष्ठ ६, आईतबार
कावासोती । यात्रु झुक्याउन बसमा लेखेर राखेका स्टिकर ट्राफिक प्रहरीले हटाएको छ ।
नवलपुर प्रेसले केही दिन अघि यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस शीर्षकमा समाचार लेखेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले उक्त कुरालाई मनन गरेर एक्सन लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रदिप थापाले मिडियाबाट उक्त कुरा आएपछि आफूले बसबाट स्टिकर हटाउन लगाएको बताउनुभयो । कावासोती देखि नारायणगढसम्म चल्ने ६ वटा बसबाट स्टिकर हटाएको उहाँले जानकारी दिनुभयो । ‘हामिले छ वटा बसबाट स्टिकर हटायौँ अझै खोज्दैछौँ । अन्य बसमा पाइए तुरुन्तै हटाउँछौँ । ’ ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले भन्नुभयो ।
स्थानीय रुटमा चल्ने बसले यात्रुलाई भ्रम पार्न आफू नपुग्ने ठाउँको नामलाई हाइलाइट गरेर लेख्ने गरेको यात्रुको गुनासो छ । डण्डादेखि नारायणगढसम्म चल्ने बसहरुले बुटवल देखि वीरगञ्ज , भैरहवादेखि वीरगञ्ज , भैरहवादेखि हेटौँडा सम्म भनेर लेख्ने गरेका छन् । बसमा लेखेको देखेर चढ्ने यात्रुहरूले यसका कारण सास्ती पाएको गुनासो गरेका छन् । लामो दूरीको यात्रा गर्नेहरू मर्कामा पर्दै आएका छन् ।
कतिपय बसले स्टिकरमा लेखेको ठाउँको रुटपरमिट लिएर राजस्व पनि तिरेका छन् । तर बस भने , स्थानीय रुटमा मात्रै चल्छन् । बसमा यात्रु पाइदैन् भन्ने मनसायले उनीहरूले यस्तो गरेका हुन् । आफ्नो फाइदाको लागि सर्वसाधारणलाई दुःख दिने काम गर्न नहुने सरोकारवाला बताउँछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |