२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी पूर्व (नवलपुरको ) मध्यविन्दु – १२ बस्ने ७ वर्षीय बालकको सर्पदंशबाट मृत्यु भएको छ ।
बैशाख २८ गते साँझ सर्पको टोकाईबाट विरामी भएका मध्यविन्दु नगरपालिका – १२ ज्वाईथर बस्ने शान्ति कुमालका ७ बर्षीय छोरा प्रिजन कुमालको आज विहान मृत्यु भएको हो ।
उनलाई घरको आँगनमा खेल्ने क्रममा सर्पले खुट्टामा टोकेको थियो । बालकको मध्यविन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको थियो ।
अस्पतालले गएराति बालकलाई अब बचाउन नसक्ने भनि परिवारलाई जानकारी गराए पछि परिवारले उनलाई घर ल्याएको थियो ।
बालकको आज विहान उनकै घरमा मृत्यु भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |