२०८० मंसिर १४, बिहिबार
कावासोती । कावासोतीका अनिष गैरेलाई हेटौँडा पुग्नु थियो । थकाली चोकमा बस कहिले आउँछ भनेर कुरिरहेका बेला भैरहवा वीरगञ्ज लेखेको बस आयो । उहाँले हात दिनुभयो । बस रोक्यो अनि उहाँ चढ्नु भयो । चढिसकेपछि केहीबेरमा थाहा भयो कि बस त नारायणगढसम्म मात्रै पुग्ने रहेछ । उहाँ २० रुपैयाँ तिरेर फलफूल चोकमा झर्नुभयो । अनि आफू जाने रुटको बसको प्रतीक्षामा बस्नुभयो ।
कावासोतीकै मिना महतो तालिममा सहभागि हुन सौराहा जान भनी बस कुर्दै हुनुहुन्थ्यो । भैरहवा वीरगञ्ज लेखेको बस देखेपछि उहाँ पनि चढ्नु भयो । भाडा माग्दा थाहा भयो कि बस नारायणगढसम्म मात्रै जाने रहेछ । झर्न खोज्दा आफैँले बस मिलाइदिने भनेर झर्नै दिएनन् । नारायणगढ पुगेपछि वास्तै गरेनन् ।
यी दुई त प्रतिनिधि पात्र मात्रै हुन् । यात्रा गर्दा यहाँ दैनिक रुपमा धेरै यात्रु यसरी नै झुक्किने गर्छन् भने कतिपयले सास्ती समेत पाउँछन् ।
मुख्यतया जिल्लाको डण्डा , चोरमारा , अरुणखोलादेखि नारायणगढसम्म चल्ने बसले यात्रुलाई झुक्याएको गुनासो छ ।
दिनहुँ काम विशेषले ओहोरदोहोर गर्नेहरू समेत बेलाबखत झुक्किने गर्छन् । कहिलेकसो यात्रामा निस्कनेहरु लाई लोकल रुटमा चल्ने बस हुन् भनेर त्यति मेसो पनि हुँदैन । बसमा ठूलो अक्षरमा भैरहवा वीरगञ्ज लेखिएको हुन्छ । तलपट्टी सानो अक्षरमा डण्डा– कावासोती –नारायणगढ लेखिएको हुन्छ ।
‘कहिलेकाँही हतार हुन्छ । छिटो पुग्नुपर्ने हुन्छ , लामो दुरीको बस भनेर चढ्यो लोकल रुटको बस हुन्छ । नजाने ठाउँको नाम ठूलो अक्षरमा लेखेर झुक्याउने हो ? भनेर एक पटक त झगडा नै परयो सहचालकसँग । ’एक जना सर्वसाधारण शुरज चापागाँईले भन्नुभयो । ‘ अगाडि लेखेको देखेर चढ्यो भाडा माग्ने बेलामा थाहा हुन्छ लोकल रुटको बस भनेर , लामो दूरीको चढ्न पाए भाडामा पनि केही कम हुन्छ । समयको बचत हुन्छ ।’
यात्रुलाई झुक्याउनकै लागि लोकल रुटमा चल्ने बसले यसरी लेख्ने गरेको सर्वसाधारणको गुनासो छ । लामो दुरीको बस हो भन्ने भ्रम पैदा गरेर यात्रुलाई दुःख दिने काम भएको गुनासो गर्नुहुन्छ मानव अधिकार समुहकी सदस्य पवित्रा पौडेल । उहाँले यस्तो कार्य तुरुन्तै सम्बन्धित निकायले रोक्नुपर्ने समेत बताउनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रदिप थापाले यस किसिमको काम गर्न नमिल्ने बताउनुहुन्छ । ‘आफ्नो रुट प्रमित नभएको ठाउँ उल्लेख गर्न पाइदैन् । रुट प्रमिट जहाँसम्म छ त्यहीको मात्रै लेख्नुपर्छ । ’ कार्यालय प्रमुख थापासँग नवलपुर प्रेसले यस विषयमा सोधपुछ गरेपछि तुरुन्तै एक्सन जाने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |