२०८१ बैशाख ३१, सोमबार
कावासोती – कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नबौं अधिवेशनबाट अध्यक्षमा दिपकराज लम्साल निर्वाचित हुनुभएको छ ।
आज बिहान सम्पन्न मतगणना अनुसार लम्सालले आफ्ना निकटतम प्रतिद्वन्द्वी शिव प्रसाद भट्टराईलाई २५८ मतान्तरले पराजित गर्नुभएको हो । लम्सालले दुई हजार १६५ मत पाउनुभयो भने , भट्टराईले एक हजार ९०७ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा विन्दु पराजुली ढकाल विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी तारा देवी दवाडी पौडेललाई २१७ मतान्तरले पराजित गर्नुभएको हो । ढकालले दुई हजार १५७ र पौडेलले एक हजार ९४० मत पाउनुभयो । सचिवमा ज्ञानेन्द्र न्यौपानेले निकटतम प्रतिद्वन्द्वी गोविन्द प्रसाद शर्मालाई ४२३ मतान्तरले पराजित गर्नुभयो । न्यौपानेले दुई हजार ३०४ र शर्मालाई एक हजार ८८१ मत प्राप्त भयो ।
यसैगरी जनजाति महिला सदस्यतर्फ मिना कुमारी राना, दलित महिला सदस्यमा बिर्सना सुनार विजयी हुनुभएको छ भने लेखा संयोजकमा दिपेन्द्र न्यौपाने, सदस्यमा यात्माराम न्यौपाने र नारायणी न्यौपाने निर्वाचित हुनुभएको छ ।
यस्तै, वडा नं. २ मा आत्माराम चापागाईँ , ३ मा विनय अधिकारी, ५ मा प्रकाश भण्डारी, ६ मा निमप्रसाद पाण्डे, ८ मा विष्णुप्रसाद पोख्रेल र ९ मा चण्डिकाप्रसाद भण्डारी निर्वाचित हुनुभएको छ ।
यसपटक नवौँ अधिवेशनमा दिपकराज लम्सालको नेतृत्वमा नेकपा एमाले, माओवादी , राप्रपा र नेसपाको सयुक्त प्यानल निर्माण गरि चुनावमा होमिएको थियो भने शिवप्रसाद भट्टराईको नेतृत्वमा काँग्रेस र स्वतन्त्रको प्यानल निर्वाचनमा होमिएको थियो ।
तीन जना वडा प्रतिनिधि बाहेक सबै पदमा लम्साल नेतृत्वको प्यानले जितेको हो । भट्टराई प्यानलबाट वडा नं. २, ६ र ८ का वडा प्रतिनिधि निर्वाचित भएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |