२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुर क्षेत्र नं. एकबाट नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिनुभएका प्रतिनिधि र प्रदेशसभा तर्फको उम्मेदवारहरूको शैक्षिक क्षेत्र तर्फको साझा प्रतिबद्धतामा विद्यालय क्याम्पसहरूलाई कक्षा कोठा , विज्ञान प्रयोगशाला , पुस्तकालय आईटी कक्ष लगायतका पूर्वाधार र शिक्षक कर्मचारीको दरबन्दीको व्यवस्था मिलाउने मुख्य प्रतिबद्धता रहेको छ ।
यस्तै गुणस्तरीय शिक्षा र प्राविधिक धार तर्फका कक्षाहरु सञ्चालन गर्ने वातावरण सिर्जना गर्ने , विद्यालय गुरुकुल , मदरसा , सामुदायिक तथा आंगिक क्याम्पसहरूलाई एक संस्था , एक विशेष कार्यक्रम मार्फत उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गर्ने र विद्यालयहरूमा मन्टेश्वरी कक्षा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य नवलपुर क्षेत्र नं. एक मा कृष्ण पौडेल उम्मेद्वार रहनु भएको छ । यस्तै प्रदेश सभा तर्फ क्षेत्र नं. एक क मा रबिन्द्र अधिकारी , एक ख मा रोशन बहादुर गाहा र गण्डकी प्रदेश समानुपातिकमा टङ्क माकिम मगर उम्मेद्वार हुनुहुन्छ । उहाँहरूले आफूहरूले जितेमा गरेका प्रतिबद्धता पुरा गरेर छाड्ने समेत बताउनुभएको छ । आफ्नो आफ्नो क्षेत्रमा घरदैलो अभियान तथा मतदाता भेटघाटमा क्षेत्र नं. एकबाट उम्मेद्वारी दिनुभएका एमाले उम्मेदवारहरूले मतदाताहरूलाई आफ्ना प्रतिबद्धता सुनाउने गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |