२०८० मंसिर १६, शनिबार
डेढगाउँ । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–२ डेढगाउँमा अवस्थित बालीघाट क्षेत्र संरक्षण समितिको तेस्रो बृहत भेलाले पुनः भानुभक्त ओझाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा चन्द्र बहादुर दराई, सचिबमा ऋषिराम पौडेल, सहसचिवमा बिर बहादुर बि.सी. , कोषाध्यक्षमा इन्दिरा भण्डारीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा बेल कुमारी ओझा, सिद्दिपुर्णी दराई, गुरु प्रसाद ढकाल, भिम बहादुर श्रेष्ठ, तारादेबी नेपाली, हेमराज ओझा चयन हुनु भएको छ ।
बिक्रम संबत २०६८ मा स्थापना भएको बालीघाट क्षेत्र संरक्षण समितिले विभिन्न सरकारी एवं सामाजिक संस्थाको सहकार्य र सहयोगमा बालीघाट क्षेत्रको बिकासको लागि कार्य गर्दै आएको छ ।
भानुभक्त ओझाको अध्यक्षतामा भएको भेलामा संरक्षण समितिका संरक्षक डाक्टर गोपाल खनाल,सल्लाहकार होमनाथ भट्टराई,समाजसेवी भोजराज भट्टराई,समाजसेवी श्यामसुन्दर श्रेष्ठ,अकलादेबी मन्दिर तथा गुफा ब्यबस्थापन समिति अध्यक्ष हरी सारु,बालीघाट सामुदायिक स्वास्थ्य इकाई प्रमुख बिर बहादुर बि.सी.,स्थानीय मन बहादुर परियारले क्षेत्र संरक्षण समितिले गरेको कामको प्रशम्सा गर्दै भेला सफलताको कामना गर्नु भएको थियो !
सचिब महेन्द्र बहादुर दराईको स्वागत तथा कार्यालय सचिब ऋषिराम पौडेलको सहजीकरणमा भेला भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |