२०८० आश्विन १४, आईतबार
कावासोती । भूमि सम्बन्धी समस्या समाधान आयोगले देशैभर अहिले सुकुम्बासीहरुलाई जमिनको लालपुर्जा दिनकालागि लागि बिभिन्न चरणका कामहरु गरिरहेको छ । नवलपरासी पूर्व नवलपुरमा समेत अहिले बिभिन्न स्थानीय तहमा लगत संकलन देखी नापीको काम चलिरहेको छ ।
जिल्लाको सदरमुकाम स्थित कावासोती नगरपालिकामा अहिले जग्गाको नापीको चलिरहेको छ । कावासोतीको वडा नम्बर तीन र पाँचमा नापीको काम सकिएको छ । वडा नम्बर १५ मा अहिले जग्गा नापीको काम चलिरहेको छ ।
यसै बिच सोमबार निवर्तमान सांसद तिलक महत, प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, आयोगका जिल्ला अध्यक्ष कृष्ण घिमिरे , जिल्ला प्रहरी प्रमुख प्रकाश मल्ल, कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ती,मालपोत र नापी कार्यालयका प्रमुख , भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विवरण र तथ्याङ्क संकलन इकाई कावासोतीका प्रमुख पवन रुपाखेतीले , आयोगका जिल्ला सदस्य रामकृष्ण ज्ञवाली लगाएतको टोलीले कावासोती नगरपालिका वडा नम्बर १५ मा चलिरहेको जग्गा नापीको निरिक्षिण गरेको छ ।
निरिक्षणका क्रममा बोल्दै निवर्तमान सांसद तिलक महतले भूमिहिनहरुलाई जति सक्दो चाडै जग्गाको लालपुर्जा प्रदान गर्ने गरि काम गर्नुपर्ने बताउनुभयो । भूमिहिनहरुले कहिले लालपुर्जा हातमा पर्छ भनेर कुरेर बसिरहेको भन्दै जति सक्दो चाडो पुर्जा बितरणको काम गर्न स्थानीय तहहरुले भूमिका निर्वाहा गर्नुपर्ने उहाँले बताउनुभयो । यसमा जिल्ला आयोगले समेत समन्वय गर्नुपर्ने निवर्तमान सांसद महतले बताउनुभयो । राज्यले बर्षौदेखी पुर्जा बिहिन नागरिकलाई भूमिको मालिक बनाउन लागेको बताउदै यो काम चाडै सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले पुर्जा बितरणको काम छिटो गर्न प्रशासनको तर्फबाट गर्नुपर्ने समन्वय आफुले गर्ने बताउनुभयो ।
कावासोती नगरपालिकामा अहिले नापीको काम चलिरहेकाले चाडै पुर्जा बितरणको काम हुने प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले बताउनुभयो । आफुले जिल्ला आयोगसंग देश भरिमै कावासोतीमा पहिलो पटक पुर्जा बितरण शुरुगर्ने गरि काम गर्न समन्वय गरिरहेको प्रमुख प्रशासकिय अधिकृत घर्तीले बताउनुभयो । नापीको काम सकिएका वडाहरुमा पुर्जा बितरणको काम गर्ने गरि योजना बनाईएको उहाँले बताउनुभयो ।
भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कृष्ण घिमिरेका अनुसार नवलपुरका स्थानीय तहहरु मध्य कावासोतीमा मात्रै नाप जाँचको काम भईरहेको छ । अन्य स्थानीय तहमा साउन महिनाबाट नापीको काम हुन सक्ने उहाँले बताउनुभयो । नाप जाँच पश्चात फिल्डबुक ,श्रेष्ता तयारको काम हुन र पुर्जा बितरणकालागि कामहरु हुने उहाँले बताउनुभयो ।
कावासोती १५ का थाम बहानुर मुसहरले आफ्नो नाममा अहिले सम्म जग्गाको पुर्जा नभएको बताउदै अब भने केही आश पलाएको बताउनुभयो । बर्षौ देखी बसोबास गर्दै आएको भएपनी पुर्जा बिहिन भएको गुनासो गर्दै सरकारले पुर्जा बितरण गर्न लागेकोमा खुसी व्यक्त गर्दै जतिसक्दो चाडो बितरणको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |