२०८० मंसिर १६, शनिबार
कावासोती । गत मंसिरमा सम्पन्न संघ तथा प्रदेश निर्वाचनका उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गरेका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरका विभिन्न क्षेत्रबाट उम्मेदवार बनेकाहरुले आफ्नो खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाएका छन् । साथै उनिहरुले निर्वाचनका बेला भएको खर्चको विवरण समेत सार्वजनिक गरेका छन् ।
नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको संघिय क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका तिल बहादुर महत क्षेत्री (तिलक महत) ले निर्वाचनका समयमा विभिन्न शिर्षकमा गरि २५ लाख खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।
जिल्लाकै प्रदेशसभा १ (क) का उम्मेदवार रविन्द्र अधिकारीले विभिन्न शिर्षकमा गरि कुल ११ लाख ८२ हजार ५२० खर्चको विवरण सार्वजनिक गरेका छन् ।
यता स्वतन्त्रबाट नवलपुर संघीय निर्वाचन २ का उम्मेदवार बनेका राम प्रसाद आचार्यले समेत आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो कुल ४६ हजार खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । उम्मेदवारहरु तिल बहादुर महत क्षेत्री (तिलक महत), रविन्द्र अधिकारी र राम प्रसाद आचार्यले पत्रकार सम्मेलन गरि आफ्नो खर्चका विवरण सार्वजनिक गरेका हुन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |