२०८१ श्रावण १२, शनिबार
कावासोती । एचआईभि तथा टिवी सम्बन्धी भेदभाव,अवहेलना तथा हिंसा रोक्न समन्वयात्मक तालिम प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वको आयोजनामा जिल्लास्थित नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपालसँगको तालिम कावासोती नगरपालिका –३,मा रहेको सामुदायिक प्रहरी केन्द्रमा सम्पन्न गरिएको छ । बिहीबार भएको तालिममा कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले एचआईभि तथा टिविका बारेमा जानकारी,विश्व सहित नेपालमा यसको अवस्था, यी रोगहरू सर्ने कारण, बच्ने उपाए र उपचार प्रकृयाका बारेमा जानकारी दिनुभएको थियो । एचआईभिको रोकथामकालागि परीक्षण र उपचारको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । भेदभावकै कारण संक्रमितहरू खुल्न नचाहने र यसले अन्य जोखिम बढाउने भएकाले भेदभाव घटाउन लाग्नुपर्ने उहाँले बताउनुभयो । प्रशिक्षणका क्रममा उहाँले एचआईभि सुगर र यो जस्तै अन्य रोग सरह भएको बताउनुभयो । नियमित एआरटी औषधी सेवनले संक्रमित व्यक्तिले स्वस्थ्य रुपमा जीवन यापन गर्न सक्ने बताउदै संक्रमितहरुलाई उपचारको दायरामा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलले लुम्बिनी प्लसले एचआईभिको क्षेत्रमा गरेको काम र समाजले संक्रमित प्रति गर्ने व्यवहारको बारेमा बताउनु भएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले कार्यक्रम गर्नुको उद्येश्य सहित आफ्नो धारणा राख्नुभएको थियो ।
स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रकाश मल्ल, सशस्त्र प्रहरी प्रमुख, जिल्लास्थित प्रहरी, सशस्त्र प्रहरी लगाएतको उपस्थितिरहेको जिल्ला स्वास्थ्य कार्यालयका टिवि फोकल पर्सन डिल्लिराम तिवारीले बताउनुभयो । तिवारीका अनुसार नवलपुरमा अहिले १२८ जना टिविका बिरामी रहेका छन् । ती मध्ये १८ जनामा कडा खालको टिवि रहेको छ । जिल्लास्थित एआरटी केन्द्रबाट औषधी सेवन गर्ने एचआईभि संक्रमितको संख्या ५८ रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |