२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउपालिका ३ मा रहेको विराट सामुदायिक वन उपभोक्ता समूहले महिला समुहको लागि कला संस्कृतिका सामग्री र वाध्य वादनको सामाग्री आज बितरण गरेको छ ।
सामुदायिक वनको सभाहलमा कार्यक्रमको आयोजना गरेर सामग्री वितरण गरेको हो । हुप्सेकोट गाउपालिका ३ का अध्यक्ष विष्णु रानाले महिला समूहलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । महिला कला संस्कृति उत्थान संस्था र थारू महिला कल्याण समूहलाई सामग्री वितरण गरिएको हो ।
तीन थान हार्मोनियम , एक थान माइक , एक थान भित्ते घडी , झ्याली चरेस तीन थान , मादल सात थान , खैँजडी तीन थान , एम्लीफायर (२५० एम ) को एक थान र (२२० एम ) को दुई थान , माइक्रोफोन ८ थान , माइक स्टेन ८ थान , एम एल आर एस कलर दुई थान माइक वायर दुई थान , ट्रली स्पिकर एक थान र साउण्ड बक्स स्टेन दुई थान गरेर १३ प्रकारका बाध्यवादनका सामाग्री वितरण गरेको छ । भने थारू समुदायका पोशाक र गरगहना पनि वितरण गरिएको छ ।
सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि तथा वडा नम्बर तीनका अध्यक्ष विष्णु रानाले, कला संस्कृति संरक्षण गर्नका लागि यस किसिमको कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । उहाँले सामुदायिक वनले आफ्नो वार्षिक कार्यक्रममा महिला र लक्षित वर्गका लागि यस किसिमका कार्यक्रम राखेर कार्यान्वयन गरेकोमा धन्यवाद समेत दिनुभयो । समुदायको विकासका वडाले समेत वन लगायतका सबै क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै वनका अध्यक्ष प्रेम बहादुर कार्कीले पछिल्लो समय कला संस्कृति लोप हुने अवस्थामा पुगेकोले त्यसको संरक्षण गर्नका लागि कला संस्कृति र वाध्य वादनको सामग्री वितरण गरेको बताउनुभयो । गरिबी निवारण , महिला सशक्तीकरण तथा उधम विकास अन्तर्गतको बजेटबाट वनले यो कार्यक्रम गरेको उहाले बताउनुभयो । समुदायमा रहेका विभिन्न जातिजातिका कला संस्कृति जगेर्ना गर्दै त्यसैको माध्यमबाट आयआर्जन समेत गर्न शकुन भन्ने उद्देश्य समेत रहेको उहाँले बताउनुभयो । गएका वर्षहरूमा समेत नौमती बाजा र विभिन्न जनजाति समुदायको कला संस्कृतिका सामाग्री प्रदान गरेको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका कार्यपालिका सदस्य तथा प्रवक्ता रेवती सारुले स्थानीय सरकार र सामुदायिक वन मिलेर पालिकाको विकासमा लागिरहेको बताउनुभयो । उहाँले प्राप्त भएका सामग्रीलाई जतन गरि भावी पुस्तालाई समेत हस्तान्तरण गर्न सक्ने गरि संरक्षण गर्न अअनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा सल्लाहकार समिति संयोजक तारा बहादुर कार्कीले शुभकामना मन्तव्य राख्दै सुरुआती दिनहरूमा वन जोगाउनका लागि आफूहरूले गरेको प्रयासलाई सम्झनुभएको थियो । समुदायका मानिसहरूसँग थोरै थोरै रकम संकलन गरेर वनका गतिविधि र संरक्षण गर्दै आएको विगतलाई सम्झदै अहिले यस वनले समुदायका लागि सामग्री हस्तान्तरण गर्न सक्ने भएको बताउनुभयो ।
यसैगरी अनुगमन समितिका संयोजक शोभाकान्त लामिछानेले वितरण भएका सामग्रीको सही सदुपयोग गर्दै आफ्नो कला संस्कृतिको संरक्षण सँगै आयआर्जनमा जोडिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोलेका वक्ताहरूले प्राप्त भएको सामग्रीको संरक्षण र सही सदुपयोग गर्न जोड दिएका थिए । वन लगायतका प्राकृतिक श्रोत साधनको संरक्षण गर्न समेत आग्रह गरेका थिए । प्रकृतिले नै वन दिएको र वनबाट भएको आम्दानीले सामग्री उपलब्ध भएको कारण वनको संरक्षणमा सबै मिलेर लाग्नका लागि समेत अनुरोध गरेका थिए ।
समूहका अध्यक्ष मिरा महतो र दुर्गा भण्डारीले सामाग्री पाउँदा निकै खुसी लागेको र सामग्रीको सही सदुपयोग गरेर वनको लगानी खेर जान नदिने प्रतिबद्धता जनाउनुभएको थियो । समूहको आवश्यकतालाई पुरा गरिदिएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा थारू समुदायको लाठी नाच , भजन चुट्का लगायतका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
विराट सामुदायिक वनका अध्यक्ष प्रेम बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उषा खाण ठकुरिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव ईश्वरी प्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रममा वनका विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरू , वडा सदस्यहरू , आमा समूह , सल्लाहकार समितिका सदस्य , संरणकर्मी तथा सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |