२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी पूर्व ( नवलपुरको ) मध्यविन्दु नगरपालिकाले २४ औं विश्व दुग्ध दिवसको अवसरमा आज प्रभातफेरी र दूधजन्य पदार्थ वितरण गरेर मनाएको छ ।
‘दूध तथा दुग्ध पदार्थ सेवन दुग्ध व्यवसायीको प्रवर्द्धन’ भन्ने नारा सहित मध्यविन्दु नगरपालिकाबाट सुरु भएको प्रभातफेरी वडा नम्बर आठको चौरङगीमा पुगेर समापन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख भिमलाल अधिकारीले दूधजन्य पदार्थबाट बनेको पदार्थ सेवन गर्न अनुरोध गर्नुभयो । उहाँले बजारमा पाइने पेय पदार्थ सेवन नगर्न र चुरोट रक्सी गाँजा जस्ता नशालु पदार्थ पनि सेवन नगर्न सबैमा अनुरोध गर्दै दूधजन्य पदार्थको सेवन गरि आफ्नो शरीरलाई स्वस्थ राख्नुपर्ने बताउनुभयो । उहाँले दूधबाट बनेका परिकारको सेवन गरि स्वस्थ नागरिक र स्वच्छ देश निर्माणमा मदत गर्न समेत अनुरोध गर्नुभयो ।
पशु सेवा शाखा मध्यविन्दुको आयोजनामा कार्यक्रम भएको हो । उपप्रमुख पूर्णकला चौधरी , वडा अध्यक्षहरू , दूध उत्पादक किसानहरू लगायतको सहभागितामा केमिकल मिसावट भएका पेय पदार्थ भन्दा दूध दही खाउँ स्वस्थ बनौ भन्दै चोरमारा बजार परिक्रमा गर्दै प्रभातफेरी चौरङगी पुगेको थियो । त्यस अवसरमा दूध र मोही समेत वितरण गरिएको थियो ।
कार्यक्रममा पशु सेवा शाखाका प्रमुख ज्ञान प्रसाद भट्टराईले सहजीकरण गर्नुभएको थियो । वडा नम्बर आठको चौरङगीमा मध्यविन्दु वडा नम्बर दुईका अध्यक्ष रामभक्त अधिकारीले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |