२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपुरको कावासोती–१६, डण्डामा रहेको नवलपुर एकेडेमीमा नमूना संसद अभ्यास गरिएको छ । विद्यालयका विद्यार्थीहरुले नमूना संसद अभ्यास गरेका हुन् ।
विद्यार्थीहरुले संसद्को झझल्को दिने गरी संसदीय अभ्यास गरेका छन्। संसद् गठन, सरकार निर्माण , संसद संचालन सहितका अभ्यास विद्यार्थीहरुले गरेकाछन् ।
संसद बैठक संचालन कसरी हुन्छ, विषयहरु कसरी प्रवेश हुन्छन् ,कानून निर्माणको प्रक्रिया कसरी अघि बढ्छ लगायतका अभ्यास नमूना संसदमा गरिएको थियो ।
शून्य समय, विशेष समयमा संसदको भूमिकामा रहेका विद्यार्थीहरु विभिन्न विषयको उठान सहित सभामा जवाफ माग गरेका थिए ।
नवलपुर एकेडेमीले विद्यार्थीहरुका लागि तीन दिन सम्म नमूना संसद अभ्यास सम्बन्धी तालिम प्रदान गरि नमूना संसद अभ्यास संचालन गरेको हो । तालिमका लागि काठमाण्डौंदेखी सहजकर्ताहरु आएका थिए ।
विद्यार्थीहरुलाई कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको विषयमा जानकारी दिने संसदिय व्यवस्था अनुसार संसद कसरी संचालन हुन्छ भन्ने जानकारी दिने उद्येश्यले नमूना संसद अभ्यास गरिएको नवलपुर एकेडेमीका प्रिन्सिपल हरिहर अधिकारीले बताउनुभयो । विद्यार्थीहरुको कोर्समा समेत यि विषय रहेकाले अभ्यास मार्फत थप प्रभावकारी रुपमा ज्ञान प्रदान गर्नका लागि नमूना संसद अभ्यास गरिएको उहाँले बताउनुभयो ।
नमूना संसद अभ्यास कार्यक्रममा बोल्दै कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले देशको मूल संरचना कार्यपालिका र व्यवस्थापिकालाई अभ्यासका माध्यमबाट सिक्न र यस भित्र रहेर विभिन्न विषयमा विद्यालय स्तरमा अभ्यास गरिनु राम्रो भएको बताउनुभयो ।
स्वयं आफै विभिन्न भूमिका रहेर संसदिय अभ्यास गरिनु राम्रो सिकाई भएको कावासोती नगरपालिका स्रोत शिक्षक तीर्थ कंडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |