२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका –१४,बेलटाँडीका २८ वर्षीय सुनिल राना मगरको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले बताउनुभयो ।
नवलपुरको गैँडाकोट नगरपालिका–१६, दोभानघाट स्थित नारायणी नदीमामा माछा मार्न गएका उनको डुबेर मृत्यु भएको हो ।
बुधबार बिहान ९ बजे नारायणी नदीमा माछा मार्न भनि घरबाट निस्किएका राना मगर आज राति १ ः ३० बजेको समयमा मृत अवस्थामा नदीमा फेला परेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । उनी छारे रोगको बिरामी रहेको र औषधी सेवन गर्दै आएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |