२०८१ श्रावण १२, शनिबार
नवलपुर । गणतन्त्र दिवसको अवसरमा नवलपुरमा विभिन्न कार्यक्रमहरु संचालन गरिने भएको छ । जेठ १५ गते परेको गणतन्त्र दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गर्न लागिएको हो ।
दिवसको अवसरमा जेठ १४ गते वृक्षरोपण कार्यक्रम गर्ने , १५ गते कावसोती नगरपालिकाको सभाहलमा गणतन्त्र दिवस विषयक शुभकामना आदान प्रदान कार्यक्रम गर्ने तयारी गरिएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो ।
दिवसको अवसरमा तीन दिन दिप प्रज्वलन गरिने उहाँले बतउनुभयो । जेठ १४ देखि १६ गते सम्म सबै सरकारी कार्यालय तथा संघ सस्थाका कार्यालयमा राष्ट्रिय झण्डा सजाएर साँझ दिप प्रज्वलन गर्ने निर्णय गणतन्त्र दिवस मनाउने तयारी बैठकले गरेको उहाँले बताउनुभयो । यसै गरि शुभकामना सहित शहिदका परिवारलाई सम्मान गर्ने निर्णय समेत भएको उहाँले बताउनुभयो ।
दिवसकै अवसरमा गणतन्त्रको १७ वर्ष तथा अबको बाटो विषयक सर्ट भिडियो डकुमेन्ट्री प्रतियोगिता आयोजना गर्ने समेत निर्णय गरिएको जिसस प्रमुख विश्वकर्माले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |