२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी पूर्व नवलपुरको जिल्ला सभा यहि जेठ २७ गते बस्ने भएको छ । यसै गरि जिल्ला स्थित कार्यालयहरुको वार्षिक समिक्षा २८ गतेलाई तय गरिएको जिसस नवलपुर प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो ।
जिसस प्रमुख बिश्वकर्माका अनुसा जेठ २१ गते मोटिभेसनल लिडरसिप ट्रेनिङ संचालन गर्ने तयारी गरिएको छ । सबै पालिका प्रमुख ,उप प्रमुख, अध्यक्ष ,उपाध्यक्ष ,वडा अध्यक्ष ,कार्यपालिका सदस्यहरुको उपस्थितीमा उक्त कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
हालै बसेको समन्वयात्मक बैठकले तत्काल आव २०८१÷०८२ का लागि संघ र प्रदेशमा माग गर्नुपर्ने स्थानीय गौरव र रणनैतिक योजनाहरु जिल्ला समन्वय समितिमा पठाउन भनिएको छ । सबै क्षेत्रबाट आएका योजना एकिकृत गरि सम्बन्धित निकायमा पेश गर्ने निर्णय समेत भएको जिसस प्रमुख विश्वकर्माले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |