२०८१ श्रावण १२, शनिबार
नवलपुर । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक शर्मा गौतमले महासंघले देशको स्वास्थ्य सेवा सुधारमा निरन्तर नीतिगत पैरवी गरिरहेको बताउनुभएको छ । शनिबार नवलपुरको कावासोतीमा भएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघल नवलपुरको दोस्रो जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा बोल्दै जनतालाई आधारभुत सेवा प्रदान गर्ने विषयदेखि , स्वास्थ्य सेवा सुधार गर्ने र स्वास्थ्यकर्मीका अधिकारका सुरक्षा गर्ने सवालमा आफूहरुले निरन्तर नीतिगत पैरवी गरिरहेको बताउनु भएको छ ।
महासंघले पार्टी देखि सरकारसमक्ष विभिन्न मुद्धा उठाउदै लगेको अध्यक्ष गौतमले बताउनुभयो । जनतालाई स्वास्थ्य सेवा पुर्याउने विषय, आधारभुत स्वास्थ्य सेवाको पहुँच पुर्याउने विषय, आमा सुरक्षा कार्यक्रम देखि धेरै राम्रा कार्यका लागि आफूहरुले भूमिका निर्वाह गरेको र एमालेको सरकार हुँदा कार्यान्वयनमा पुगेको अध्यक्ष गौतमले बताउनुभयो । एमाले सरकारकै बेलामा आएको आमा सुरक्षा कार्यक्रमबाट हेलिकप्टरले उद्धार गरि वार्षीक करिब पाँच सय गर्भवती आमाहरुको ज्यान जोगाउने काम भएको उहाँले बताउनुभयो ।
अहिलेपनि १६ औं योजनामा के कस्ता स्वास्थ्यका विषय समावेश गर्ने भनेर पार्टी र सरकार समक्ष लविङ गरिरहेको बताउँदै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ अन्य संघ भन्दा फरक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले स्वास्थ्यकर्मीहरु जहिले पनि जनतासँग जोडिएर रहने बताउनुभयो । राजनीतिक मुभमेन्ट होस वा सामाजिक हरेक ठाउँमा स्वास्थ्यकर्मीहरु जनतासँग जाडिएर बढ्ने बताउनुभयो । स्वास्थ्यकर्मीका समेत गुनासोहरु सुनेर सम्बोधन र संरक्षणगर्दै महासंघ अघि बढ्ने उहाँले बताउनुभयो । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघमा आवद्ध सदस्यहरु पर्टीका स्वास्थ्य नीति सफलपार्न समेत लाग्नुपर्न बताउनुभयो । महासंघमा बसेर व्यक्तिगत स्वार्थ र समूहको पछि लागि तीन सय ६४ दिन पार्टीमा हुने र निर्वाचनको समयमा विपक्षीलाई सहयोग गर्ने छुट नहुने उहाँले बताउनुभयो । कसैले घरभित्र आगो लगाएर खरानीको व्यापार गर्ने गरेको छ भने देखिएरै अलग हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले नवलपुरका सचिव भिमलाल कंडेलाले जनसंगठन भित्र सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । विगतमा देखिएका केहि कमजोरी भए सच्चाएर संगठन र पार्टी बलियो बनाउन सबै लाग्नुपर्ने उहाँले बताउनुभो । स्वास्थ्यकर्मीका समस्या के कस्ता रहेका छन् ति विषयमा पार्टीले गर्नुपर्ने कार्यहरु छलफल गरि योजना बनाएर समाधानमा लाग्न पार्टी तयार रहेको उहाँले बताउनुभयो । आन्तरिक र व्यक्तिगत विषयले चुनावमा असरपर्ने गरि भूमिका कसैले निर्वाहा गर्न नहुने उहाँले बताउनुभलयो । ८४ मा एकल बहुमत ल्याउने लक्ष्य सहित पार्टी अघि बढेकाले सोही अनुसार सबै लाग्न उहाँले अनुरोध गर्नुभयो ।
जिल्ला उप सचिव षडानन्द लामिछानेले पार्टी बलियो बनाउन जनसंगठनको ठूलो भूमिका हुने भएकाले सोही अनुसारका योजना र कार्यक्रमगर्दै जानुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष रामहरी ढकालले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले अब जिल्लाको स्वास्थ्य अवस्था के कस्तो रहेको छ सूचकहरुमा बहस गर्नुपर्ने बताउनुभयो । एमालेका सरकार भएका स्थानीय तहमा पहिले कस्तो थियो, अहिले के परिवर्तन भए डाटा बेसमा बहसगर्नुपर्ने बताउनुभयो । अधिवेशनमा यस्ता विषयमा बहस गरि सुधारका काम गर्ने योजना निर्माणमा पहलगर्नुपर्ने उपाध्यक्ष ढकालले बताउनुभयो ।
उहाँले कार्यक्रममा बोल्दै जनसंगठन भनेको पार्टीको जरा भएकाले यसलाई बलियो बनाउनुतर्फ लाग्नुपर्ने बताउनभयो ।
जिल्ला अध्यक्ष नवीन पौडेलका अध्यक्षता सचिव दीपक चापागाईंको संचालन र वरिष्ठ उपाध्यक्ष शुसिला रिमालले स्वागत गर्नुभएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय सदस्य पारेश्वर भुर्तेल, जायश्वर भुसाल, गण्डकी सह सचिव लोकनाथ अर्याल,राधिका ढकाल , नारायण प्रसाद पन्त, डा. छविलाल थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । दोस्रो अधिवेशनले आजनै नयाँ जिल्ला समिति चयन गर्ने छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |