२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी पूर्वको कावासोती १ स्थित बालुवा डाँडामा लुकाई छिपाइ राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको छ ।
बारुद लोड भएको एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा स्थानिय मन बहादुर रानाको अम्रिसोबारीमा फेला परेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त बन्दुक बरामद गरेको हो ।
लोड भएको अवस्थामा भरुवा बन्दुक फेला परेपछी प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी कमल परियारले जानकारी दिनुभयो ।
प्रहरीले गत आइतबार मात्रै विनयी त्रिवेणी गाउँपालिका ३ सर्दीबाट तेबहादुर चिढीमगरलाई लोड गरेको अवस्थामा रहेको १ थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको थियो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय नवलपुरले ईजाजत लिएका र नविकरण नभएका हातहतियार ३५ दिन भित्र नविकरण गर्न सूचना समेत जारी गरेको छ । विभिन्न मितिमा नवलपुर भित्र हातहतियारको इजाजत लिएको र हाल सम्म नविकरण गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरमा अभिलेख नरहेकोले ५ बर्षदेखि हातहतियार नविकरण नगरेकाहरुले हातहतियार नविकरण गर्न निर्देशन सहितको सूचना जिल्ला प्रशासन कार्यालय नवलपुरले जारी गरेको छ । सूचनामा ३५ दिन भित्र हातहतियार नविकरण नगरे कानुनी कारवाही अगाडि बढाउने जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |