२०८१ श्रावण १२, शनिबार
एच डि पंगेनी । गैँडाकाेट । माैलाकाली सामुदायिक वन गैंडाकाेटमा लागेकाे डढेलाेका कारण वरपरकाे बातावरण दुषित हुन पुगेकाे छ। बन क्षेत्रकाे पूर्वि भागमा मा लागेकाे डढेलाेका कारण बाताबरण दुषित हुन पुगेकाे बन का अध्यक्ष हरि प्रसाद सापकाेटाले बताउनु भयाे । उहाँले अाफ्नाे निजि स्वार्थका लागि आगाे लगाएकाे भन्दै अागाेका कारण पर्याबरण र वरपरका घरमा पर्ने असरका बारेमा चेतना नहुँदा समस्या परेकाे गुनासाे गर्नुभयाे । उहाँले वनमा आगाे नलगाउन र वातावरण प्रति सचेत रहन आग्रह गर्नुभयाे । तिनदिन देखि लागेकाे अागाेका कारण वरपरका बासिन्दाहरु पनि चिन्तित भएकाे स्थानियले बताएका छन् । यसैबिच तिनदेखि लागेकाे आगाे निभाउने कार्यमा बनका पदाधिकारि र सदस्यहरु स्वयम् सक्रिय भएर लाग्नु भएकाे छ ।
वनमा लागेकाे डढेलाे निभाउनका लागि फाएर साईड निर्माण गरि डढेलाे निभाउने प्रयास गरिएकाे बनका सचिव देवकी मिश्र ले बताउनुभयाे । यस्तै डढेलाे नियन्त्रणमा जनक नमुना मा वि का शिक्षकहरुकाे पनि सहभागिता रहेकाे थियाे ।
विद्यालयका कक्षा ११/१२ तर्फका संयाेजक प्रेम प्रसाद आचार्य, शिक्षक मुकुन्द न्याैपाने लगायतका शिक्षकहरुकाे सहभागिता रहेकाे थियाे ।साे अवसरमा संयाेजक आचार्यले बनकाे लागेकाे डढेलाेका कारण बाताबरणमा असर पर्ने भन्दै बहुमुल्य वन पैदावार लगायत वन्यजन्तुहरुलाई पनि असर पर्ने भन्दै डढेलाे नलगाउन सबै सराेकारवालाहरुलाई आग्रह गर्नुभएकाे छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |