२०८१ श्रावण १२, शनिबार
कावासोती । पूर्व पश्चिम राजमार्गको कावासोती स्थित फलफुल चोकदेखी करिब १५ सय मिटर दक्षिणमा रहेको छ वन्देउरी टोल । कावासोती नगरपालिका –८ मा पर्ने पूर्व टोल वन्देउरीमा हालै मात्र खानेपानी पुगेको छ । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र कावासोती नगरपालिका वडा नम्बर ८ को पहलमा यहाँ रहेका २१ घर धुरीमा धारा पुर्याइएको हो । नजिकै रहेको मुहानको पानी पिउदै आएका यहाँका २१ घर धुरीले खानेपानी संस्थाले स्वच्छ खानेपानीको धारा घरमै पुर्याएपछि खुसी भएका छन् ।
‘मुहानको पानी खान्थेउ , सफा हुन्थेन, बंगुर आहल खेल्ने ,माथिल्लो क्षेत्रको फोहर बगाएर मुहानमा मिसिने गर्थ्यो, बाध्यताले यो पानी खाएका थियौं, अहिले घर घरमा धारा आएको ,सफा पानी आएको छ ,खुसी लागेको छ’ स्थानीय धनिश्वर पन्थीले भन्नुभयो ।
मुहानबाहेक अन्य विकल्प नहुँदा जस्तो पानी भएपनि प्रयोग गर्दै आएकोमा अहिले घर धारा जोडेर स्वच्छ पानी खानपाउँदा आफूहरु खुसी भएको स्थानीय गोमा राना मगरले बताउनुभयो ।
बाध्यताले मुहानको पानी प्रयोग गर्दै आएकोमा कावासोती खानेपानी संस्था र कावासोती नगरपालिका वडा नम्बर ८ को पहलमा शुद्ध खानेपानी घरघरमा आउँदा २१ घर परिवार खुसी भएको पूर्व टोल वन्देउरीका अध्यक्ष इन्द्र प्रसाद भुसालले बताउनुभयो । वन्देउरी सधैं पछि परिरहेको अवस्थामा खानेपानी पुग्नु राम्रो भएको भुसालले बताउनुभयो । अन्य विकासका विषयमा समेत यसरीनै वडा र खानेपानी संस्थाले सहयोग गरोस भन्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । खानेपानी घर घरमा आएपछि वन्देउरी पूर्व टोलका स्थानीयले आज एक कार्यक्रम गरि कावासोती खानेपानीका पदाधिकारी र कावासोती वडा नम्बर ८ का जनप्रतिनिधिलाई सम्मान गरेकाछन् ।
कावासोती खानेपानी तथा सरसफाए उपभोक्ता सस्थाका अध्यक्ष दिपकराज लम्सालले संस्थाले वडासँगको समन्वयमा कुनैपनि शुल्क नलाग्ने गरि यहाँका २१ घर धुरीमा खानेपानी पुर्याएको बताउनुभयो । मिटर जडान देखि धारा जडान सम्मको सबै निशुल्क रुपमा गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । आफ्नो सेवा क्षेत्रका सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनुपर्छ भन्ने उद्येश्यले कावासोती ८ सँगको सहकार्यमा धारा जडान गरिएको उहाँले बताउनुभयो ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका सचिव ज्ञानेन्द्र न्यौपानेले वन्देउरीमा स्वच्छ खानेपानीको पहुँच नभएको अवस्थामा संस्थाले पहल गरि पानी वितरण गरेको बताउनुभयो ।
कावासोती वडा नम्बर ८ का वडा सदस्य मनोज रेश्मि मगरले वडाले आफ्नो क्षेत्र भित्र सबै नागरिक शुद्ध खानेपानीको पहुँचमा हुनपर्छ भनेर आवश्यक बजेट विनियोजन गरि निशुल्क मिटर वितरण गरेको बताउनुभयो । वडा भित्र एक घर एक धारा हुनुपर्छ भनेर धारा जडान गर्न नसकेका परिवारलाई निशुल्क मिटर जडान गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कावसोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सदस्य विष्णु प्रसाद पोखरेलले खानेपानीको पहुँच नभएका आफ्नो क्षेत्र भित्र स्वच्छ खानेपानी पुर्याउन संस्था लाग्ने बताउनुभयो । आवश्यकता हेरी आफ्नो क्षेत्रमा कतै खानेपानी पुर्याउनुपर्ने भए आफूहरु लागिपर्ने उहाँँले बताउनुभयो ।
वडा नम्बर ८ का सदस्य भिमकला सापकोटाले स्वच्छ खानेपानीको पहुँचमा वन्देउरी पूर्व टोलका बासिन्दा पुग्दा खुसी लागेको बताउनुभयो ।
पूर्व टोल वन्देउरीमा खानेपानी पुर्याउन कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक हजार ५० मिटर नयाँ खानेपानीको पाइपलाइन विस्तार गरेको कावासोती खानेपानीका व्यवस्थापक बाबुराम ज्ञवालीले बताउनुभयो। स्थानीले राखेको सम्मान कार्यक्रममा खानेपानीका प्रतिनिधि, वडाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । सम्मान कार्यक्रमको संचालन दिपन काफ्लेले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |