२०८१ श्रावण १२, शनिबार
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिङ सडकखण्डको आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८१ किलोमिटर सडकको स्तरोन्नतिको काम जारी छ । सडकखण्डअन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको क्षेत्रलाई दुई प्याकेज पूर्व र पश्चिम खण्डमा छुट्याइएको छ । पूर्व खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर र पश्चिम खण्डमा जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर क्षेत्र तेकिएको छ । एसियाली विकास बैंक (एडिबी) १३ अर्ब ६१ करोड ऋणमा सडक विस्तारको काम भइरहेको छ । सडक विस्तारका क्रममा कुल ८१ किलोमिटरमध्ये करिब २० किलोमिटर ६ लेनको हुनेछ ।
चाइना कन्स्ट्रक्सन कम्पनीले पाएको पूर्व खण्डको निर्माणको सम्झौता आइतबार सकिएको छ । २ वैशाख ०८१ सम्म निर्माण सक्ने गरी ६ अर्ब २१ करोड ३१ लाखमा कम्पनीले १४ माघ ०७७ मा ठेक्का सम्झौता गरेको थियो । समय सकिँदा पनि निर्माण कार्य भने ५५ प्रतिशत मात्र भएको छ । पूर्व खण्डका आयोजना प्रमुख श्यामकुमार यादवका अनुसार यस क्षेत्रमा पर्ने ४१.४५ किलोमिटरमध्ये १.३४ किलोमिटर ६ लेन र बाँकी सडक चार लेनमा विस्तार भइरहेको छ ।
० चैत ०८० सम्म एक साइड २६ किलोमिटरसँगै १८ किलोमिटर दुईतर्फी पिच भएको उनको भनाइ छ । यस क्षेत्रमा मेजर चार र माइनर १४ गरी १८ वटा मोटरेबल पुल छन् । त्यसमध्ये दुई मेजर पुलबाहेक सबै निर्माण भइसकेको उनले बताए । कुल ४१.४५ किलोमिटरमध्ये करिब डेढ किलोमिटर सडक क्षेत्रको साइड क्लियर गर्न बाँकी रहेको उनले जानकारी दिए । साइड क्लियर गर्न बाँकी रहेका क्षेत्रबाहेक अन्य स्थानमा कल्भर्ट, नाला, ग्याबिन जाली भर्ने, विद्युत्को पोल सार्ने, खानेपानीको पाइपलाइनलगायत सबै काम सकिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |