२०८१ बैशाख १७, सोमबार
कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाउने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय छ ।
मुख्यमन्त्रीसँगै रहेको आन्तरिक मामिला मन्त्रालय र सामाजिक विकाससँग रहेको स्वास्थ्य मन्त्रालय फुटाएर नौ पुर्याउन लागिएको सरकारका प्रवक्ता हरिबहादुर चुमानले बताए । मंगलबार बसेको मन्त्रपरिषद्को बैठकले मन्त्रालय थप्ने निर्णय गरेको उनले बताएका छन् । उनले सोही दिन नै मन्त्रालय थप गर्ने निर्णय संघमा सिफारिस गरिएको बताएका छन् । सरकारमा भाग लिने दललाई भागबन्डा मिलाउनको लागि मन्त्रालय टुक्र्याउन लागिएको हो ।
यसअघि मुख्यमन्त्री बनेका अधिकारीले १२ बाट मन्त्रालय घटाएर सातमा झारेका थिए । स्वतन्त्र सांसद, माओवादी केन्द्रको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखको समर्थन रहेपछि उनको नियुक्ति विवादित बनेको छ ।
यस्तै, मन्त्रिपरिषद्ले मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |