२०८१ श्रावण १२, शनिबार
नवलपुर । नेकपा एमाले नवलपुरको नवौं अधिवेशनको तयारी पुरा भएको छ । चैत २६ र २७ गते कावासोतीमा हुने अधिवेशनको सबै तयारी पुरा भएको एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले बताउनुभयो ।
एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अधिवेशनमा ७ सय ५१ प्रतिनिधि सहभागि हुनेछन् । जिल्लाका ९२ वटा वडा, ८ पालिकाका स्तरीय जातीय मुक्ति समाज, सिजी मजदुर क्लष्टर, २१ वटा जनवर्गीय संगठन , जिल्ला सल्लाहकार ,लेखा कमिटी ,जेष्ठ नागरिक मंचबाट प्रतिनिधित्व गर्दै ६ सय ११ जना प्रतिनिधि अधिवेशनमा सहभागि हुनेछन् । यसै गरि जिल्ला कमिटी र मनोनित १४० जना गरि कुल ७ सय ५१ प्रतिनिधि अधिवेशनमा समावेश हुने जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले बताउनुभयो ।
अधिवेशनलाई वातावरण मैत्री रुपमा सम्पन्न गर्नका लागि खादाको प्रयोग नगर्ने उहाँले बताउनुभयो । प्रचार प्रसारका लागि मुख्य राजमार्ग सहित उद्घाटन समारोह स्थलमा डिजिटल डिजिटल बोर्ड राखिने जिल्ला अध्यक्ष पाण्डेले बताउनुभयो ।
अधिवेशनको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पाण्डेले अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न गर्न प्रयास गरिने र त्यो नभए प्रतिनिधिहरूले आफ्नो सार्वभौम अधिकार प्रयोग गरि सोही अनुसार अधिवेशन सम्पन्न गर्न लाग्ने उहाँले बताउनुभयो ।
‘सर्वसम्मत लोकतान्त्रिक नहुने ,निर्वाचन मात्र लोकतान्त्रिक भन्ने होइन, सबैको सहमतिमा भएको सर्वसम्मत निर्णय लोकतान्त्रिक नै हो ’ अध्यक्ष पाण्डेले भन्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले पोलिट ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज मना केसीले जिल्लाका विकासका काम ,पार्टीको अभिभारा पुरा गर्ने गरि अधिवेशनले सुझबुझ पूर्ण रुपमा नेतृत्व चयन गर्ने बताउँदै अधिवेशनलाई भव्य रुपमा सफल पार्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएका जिल्ला कमिटी सचिवालय सदस्य एवं नेकपा एमाले नबौँ जिल्ला अधिवेशन प्रचार प्रसार समिति संयोजक होमनाथ जैसीले जिल्लालाई एकतावद्ध ,भावी कार्यदिशालाई पुरा गर्न सक्ने र मिसन चौरासीलाई मिट गर्ने गरि बिचार विमर्श गरि बलियो टिम निर्माण गर्ने गरि अधिवेशन अघि बढ्ने बताउनुभयो । जिल्लाको सबै विशेषता समेट्ने गरि ,सबै तहका नेता कार्यकर्ता समेट्ने गरि अधिवेशन सम्पन्न गर्न पार्टी लाग्ने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |