२०८१ श्रावण १२, शनिबार
देवचुली। बालिका अधिकार संरक्षणमा जनप्रतिनिधिको भुमिकाको बारेमा देवचुलीमा महिला जनप्रतिनिधिहरु सग छलफल र अन्तरकृया देवचुली १० बालिका सिकाई तथा स्रोत केन्द्रमा सम्पन्न गरिएको छ ।
जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना र नवलपुर किशोरी संजालको समन्वय र क्यान्नलनको सहयोगमा सो छलफल र अन्तरकृया सम्पन्न गरिएको आयोजक सस्थाका महासचिव दिपक शर्माले बताउनुभयो ।
स्थानीय तहमा बालिका अधिकार र सामाजिक मुद्दाहरुको सम्बोधनको लागि जनप्रतिनिधिको भुमिकाको बारेमा बाल अधिकार कर्मी खिमानन्द भुसालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँले स्थानीय तहले आफुले गरेका साना साना कामको बारेमा पनि थाहा हुनुपर्ने र जनतालाई पुगेको फाईदाको वारेमा पनि थाहा हुनुपर्नेमा जोड दिनुभयो ।
नगरले मानबिय बिकास र सामाजिक बिकासमा चासो दिदै काम गर्नुपर्ने र भएका कामको चासो राखी जनताको अर्थपुर्ण सहभागिता बढाउनुपर्ने बताउनु भयो ।
जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सस्थाले कावासोती र देवचुलीमा किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भएका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रमबाट आएका सुझाव प्रस्तुत गर्दै समाजमा ब्याप्त हिंसा, शोषण र दुर्व्यवहार अन्तको लागि नितिगत र सचेतनामुलक कार्यक्रमहरु सन्चालनको आवश्यकता रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला बालबालिका शाखाको प्रमुख बिन्दु बिकले नवलपुरमा बिगत बर्षदेखि हाल सम्मका हिंसा र दुर्व्यवहारको तथ्यांक प्रस्तुत गर्दै अझै पनि हिंसा र दुर्व्यवहारको रोकथामको लागि काम गर्नुपर्ने बताउनु भएको थियो ।
आज पनि घरभित्र नै बालिका र महिलाहरु हिंसाको सिकार हुनुले समाजमा अझै पनि सामाजिक मुद्दामा काम गर्नुपर्ने देखियको र यसको लागि स्थानीय तहका जनप्रतिनिधिहरु नै चासो राखी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
महिला जनप्रतिनिधि हुनुको नाताले पनि सक्षम महिला र समृद्ध नगरको निर्माणको लागि आजका बालिकाहरुमा लगानी गर्नुपर्ने र सचेतनामुलक सगै अधिकार र कर्तव्य पनि सगै सिकाउनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का सदस्य सरस्वती पाठकले समाज रुपान्तरणको लागि महिला सशक्तीकरण आवश्यक रहेको र अब भोलिको समृद्ध देश निर्माणको लागि पनि महिला र बालिकामा लगानी आवश्यकता रहेको बताउनुभयो ।
आज पनि बालिका र महिलाले अनेक दु:ख कस्ट भोगेर यहाँसम्म पुगेको र यसको दिगोपनको लागि महिला जनप्रतिनिधिहरुले अझै धेरै काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
किशोरीहरुलाई सक्षम र समृद्ध गराउन सस्थाले किशोरी सशक्तीकरण कार्यक्रम गरि छोटो समयमा आएको किशोरीहरुको परिबर्तनले अवसर र लगानी गर्न सकिने हो भने कुनै पनि किशोरी कुनै पनि हिसाबमा किशोर भन्दा कमजोर नरहेको प्रमाणित भएको र आजका किशोरी सक्षम गराउन सकियमा भोलिका दिनमा राजनीतिक हिसाबले र अन्य ठाँउमा महिलाहरु निर्णायक ठाँउमा पुग्ने बताउनु भयो ।
कार्यक्रममा किशोरी अभियन्ताहरु रितिका पोख्रेल र सुधा सुनारले हिंसा र शोषण विरुद्ध महिलाहरु कालिको अवतार लिन पनि सक्ने हुँदा बालिका र महिलाहरुलाई हिंसा, शोषणमा नराख्न सचेतनाको लागि गीति नाटक पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा देवचुली नगरका सवै १ देखि १७ वार्डका महिला जनप्रतिनिधिहरु र किशोरीहरुहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सस्थाका सदस्य दिपक न्यौपानेले र अध्यक्षता नवलपुर किशोरी संजालका सदस्य रितिका पोख्रेलले गर्नुभएको थियो । कार्यक्रम देवचुली १० मा निर्माणधिन रहेको वालिका अध्ययन तथा स्रोत केन्द्रमा भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |