२०८१ श्रावण १२, शनिबार
काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालको पक्षमा बहुमत सांसदले मत जाहेर गरेपछि दाहाल निर्वाचित हुनुभएको हो । दाहालको पक्षमा ३९ जना सांसदहरु मतदान गर्नुभयो । भने विपक्षमा १७ मत परेको छ ।
मतदानमा जम्मा ५६ जना सांसदको उपस्थिति रहेको थियो ।
बैठकमा सभाध्यक्ष उर्मिला अर्यालले दाहालको पक्षमा परेको मत राष्ट्रिय सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमत रहेको उल्लेख गर्दै राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित भएको घोषणा गर्नुभयो ।
दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।
यसअघि बैठकमा राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो ।
शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो । शर्माको पक्षमा १७ मत परेको थियो ।
शर्मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।
बैठकमा यस अघि राष्ट्रियसभाको अध्यक्ष पदमा दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले देशको आवश्यकता अनुसार स्थिर राजनीति र सुशासनतर्फ जान नयाँ गठबन्धन गरिएको भन्दै साझा उम्मेदवारका रुपमा रहनु भएका दाहाललाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।
दाहाललाई नेकपा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिदले राष्ट्रिय सभाको गरिमालाई अझैमाथि पु¥याउन दाहाले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ समर्थन गरेको बताउनुभयो ।
यसैगरी नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्दै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले संसद्का काम कारबाहीलाई प्रभावकारी बनाउन राजनीतिमा लामो अनुभव भएका शर्मालाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।
शर्मालाई कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शेखरकुमार सिंहले समर्थन गर्दै राष्ट्रिय सभाको गरिमा बढाउन अनुभवी व्यक्तिका रुपमा रहनु भएका शर्मालाई निर्वाचित गर्न आग्रह गर्नुभएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ः०९ बजे बस्नेछ ।
नारायण दाहालकाे संक्षिप्त चिनारी
नाम नारायण प्रसाद दाहाल
जन्म मिति २०१२ फागुन १२
जन्म स्थान ढिकुरपोखरी, लेवाडे, कास्की
स्थायी ठेगाना भरतपुर महानगरपालिका- १४, चितवन, (२०१९ सालमा कास्कीबाट बसाइँ सरेर चितवन)
माता स्व. देउरुपा दाहाल
पिता स्व. कुलप्रसाद दाहाल
पत्नी दुर्गादेवी दाहाल
छोरी १, छोरा २, नातिनातिनी ६
शिक्षा
राजनीतिक जिम्मेवारी
संसदीय यात्रा
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |