२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आज दिउँसो भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ गङ्गा जमुना गाउँपालिका ५ घर भई हाल कावासोती ३ मा बस्ने २० वर्षीय विश्वामित्र गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी साजन शर्माले दिनुभएको जानकारी अनुसार रजहरबाट कावासोती तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०–३००१ क ०९५५ नम्बरको ट्रक र विपरित दिशातर्फ गैरहेको लु ५० प ४७०९ नम्बरको मोटरसाइकल खरकट्टा जंगलमा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गम्भिर घाईते भएका गुरुङको उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |