२०८१ श्रावण १२, शनिबार
पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८० फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अनुसार मानव अधिकार उल्लंघनका घटना बढेका छन् । वर्ष पुस्तकमा ६ सय ११ जना मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाबाट पीडित बनेका इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले बताए ।
यो संख्या अघिल्लो वर्षका भन्दा निकै बढी संख्या हो । अघिल्लो वर्ष ५ सय ४१ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीमा पीडित बनेका थिए । गण्डकीमा राज्य पक्षबाट ५ र अन्य पक्षबाट ६ सय ६ जना पीडित भएको तथ्यांक छ । इन्सेकले प्रकाशन गरेको यो वर्षको पुस्तकमा राज्य पक्षबाट ५ जना पुरुष र अन्य पक्षबाट ५ सय ४८ जना महिला र ६३ जना पुरुष पीडित भएको तथ्यांक देखिन्छ ।
‘गत वर्षको तुलनामा यस वर्ष संख्यात्मक हिसाबले राज्य पक्षबाट हुने घटनामा कमी आएको छ भने अन्य पक्षवाट भएका घटनामा वृद्धि भएको छ,’ प्रमुख खकुरेलले भने, ‘यस वर्ष राज्य पक्षबाट भएका गिरफ्तारीका घटनामा ५ जना पुरुष पीडित भए भने अन्य पक्षबाट ५ जना पुरुष घाइते भए ।’
इन्सेकले कुटपिटमा ३ जना महिला र २२ जना पुरुष गरी २५ जना पीडित भएको अभिलेख वर्ष पुस्तकमा छ । धम्कीबाट १ जना महिला र ३ जना पुरुष गरी ४ जना पीडित भएका छन् । गण्डकीमा २८ जनाको हत्या भएको छ । महिलाअधिकारसम्बन्धी विभिन्न घटनामा ४ सय १६ महिला पीडित भएको इन्सेक वर्ष पुस्तकले देखाएको छ ।
बालअधिकार उल्लंघनका घटनामा १ सय १० बालिका र ५ जना बालक पीडित बनेका छन् । पीडित भएका बालिकाको तथ्यांक सबै बलात्कृतहरुको हो । यस वर्ष प्रदेशमा जातीय विभेदका घटनामा २ महिला र ५ पुरुष गरी ७ जना पीडित भएका छन् । अमानवीय व्यवहारबाट १ जना महिला र ८ जना पुरुष गरी ९ जना पीडित भए । यो वर्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबाट ३ जना पुरुष पीडित भएको वर्ष पुस्तकमा छ ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी कास्की जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा भएका छन् । कास्कीमा १ सय ६४ जना पीडित भए भने मनाङमा यो वर्ष मानव अधिकार उल्लंघन तथा ज्यादतीका कुनै पनि घटना दर्ता भएका छैनन् ।
इन्सेकले प्रकाशन गरेको वर्ष पुस्तक २०२४ मा सन् २०२३ मा नेपालभरी ९ हजार ३ सय ८८ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको उल्लेख छ । त्यसमध्ये गण्डकी प्रदेश पाँचौैं स्थानमा छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |