२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलित बनेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरको अगुवाइमा जिल्लाका दुग्ध उत्पादक कृषकहरूले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठले किसानको माग सहितको ज्ञापनपत्र वाचन गरेर सुनाउनुभएको थियो । उहाँले विगत ६ महिनादेखि किसानले भुक्तानी नपाएको ,१५ करोड भन्दा बढी भुक्तानी पाउन बाँकी रहेको , भारतबाट रोग जाँच नगरीकन लैना गाईभैँसी र दूध भित्राउने तर नेपाली किसानले उत्पादन गरेको दूध एवं दुग्ध जन्य पदार्थले बजार नपाउने , हप्ताको तीन दिन मिल्क होली डे हुने अवस्था आएको लगायतका विसंगति विरुद्ध किसान आन्दोलित हुनु परेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष श्रेष्ठले किसानको माग सम्बोधन नभए , यही फाल्गुन १ठ गते १० बजेदेखि १२ बजेसम्म दुइ घण्टा चक्का जाम गर्ने जानकारी गराउनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।
नवलपुर जिल्लामा हाल २४ वटा दुग्ध सहकारीबाट दूध बिक्री हुँदै आएको छ भने, दैनिक ५० हजार लिटरको हाराहारीमा दूध उत्पादन हुने गरेको छ । जसमा १२ हजार भन्दा धेरै कृषक आबद्ध रहेका छन् ।
ज्ञापनपत्र बुझाउनु अघि किसानहरूले नाराबाजी गर्दै प्ले कार्ड बोकेर र्याली निकालेका थिए । प्रशासन कार्यालयको गेट अगाडि समेत किसानहरूले मिल्क होली डे को अन्त्य गर , दूधको रकम भुक्तानी गर , विदेशी दुध आयात बन्द गर , कृषि मन्त्री राजिनामा दे लगायतका नाराबाजी गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |