२०८१ श्रावण १२, शनिबार
नवलपुर ।नवलपुर जिल्लाको कावासोतीमा पाँचौ जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता हुनेभएको छ। यहि फागुन १८ गतेदेखि प्रतियोगिता हुन लागेको हाे । कावासोती – २ , स्थित योङ्ग स्टारको कवर्डहलमा संचालन हुने प्रतियाेगिता दुई दिन सम्म चल्ने छ। खुला रुपमा हुने प्रतियोगितामा जिल्लाका कर्मचारीले समेत भाग लिन पाउने बताइएको छ ।
२०७६ साल देखि निरन्त्तर संचालनमा आयोजक क्लब मदन मन मोहनको आयोजनमा प्रतियाेगिता संचालन हुँदै आएको छ । क्लबका सचिव नेल्सन सुवेदीका अनुसार खेल ३ भागमा विभाजन गरिएको छ। जसमा पहिलो मेन्स डबल ए , मेन्स डबल बि र भेन्ट्रास डबल सहितको खेल हुने सचिव सुवेदीले बताउनु भयो ।
खेलमा नवलपरासी जिल्लाका विभिन्न पालिका र क्लबको खेलाडी उपस्थित हुने क्लबका अध्यक्ष तुल बहादुर पुनले बताउनुभयो । खेलाडिहरुले फागुन १७ साँझ ५ बजे सम्म टिम दर्ता गर्नुपर्ने खेलकुद संयोजक वुद्धि थापाले बताउनुभयाे । साथै फोन बाट समेत टिम दर्ता गर्न सकिने जनाइएको छ । विजेताहरुले ट्रफि,मेडल ,प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्ने आयाेजकले बताएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |