२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर तीनले ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ । वडा भित्र रहेका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई आज सम्मान गरिएको हो ।
वडाले आफ्नो चालु आर्थिक वर्षको कार्य योजना अनुसार वडा भित्रका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सम्मान स्वरुप न्यानो कपडा सिरक प्रदान गरेको कावासोती –३, का वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो । वडा कार्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको वडा अध्यक्ष गिरीले बताउनुभयो । वडा कार्यालयले तयार पारेको मापदण्ड अनुसार वडा भित्रका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति एउटा न्यानो कपडा सिरक प्रदान गरिएको वडा अध्यक्ष गिरीले बताउनुभयो । ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिको सबैले सम्मान गर्नुपर्छ भन्ने सन्देशका लागि समेत यस्तो खालको कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
सम्मान कार्यक्रम नगर उप प्रमुख फूल कुमारी थनेतको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल , स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिला सहित वडाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गर्दै उप प्रमुख फूल कुमारी थनेतले वडाले गरेको कार्य राम्रो भएको भन्दै ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा राम्रो होस भनेर वडा कार्यालयले सम्मान सहित न्यानो कपडा वितरण कार्यक्रम गरेकोमा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले वडा कार्यालयलाई धन्यवाद दिनुभयो । राज्यले प्रदान गर्ने कुनै पनि सेवा, उपलब्ध गराउने सामाग्री आम जनताको कर बाटनै उपलब्ध गराउने हुँदा प्राप्त गरेको वस्तु जतन गरि प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सम्मान कार्यक्रममा आएकाहरूले वडाले न्यानो कपडा सहित आफूहरूलाई सम्मान गरेकोमा धन्यवाद दिएका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |