२०८१ श्रावण १२, शनिबार
नवलपुर । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न साना किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नवलपुरको कावासोतीमा क्षमता अभिवृद्धि तालिम आइतबार सुरू भएको छ। युरोपियन युनियनको नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा नवलपुरको हुप्सेकोट, बौदिकालिका र बुलिङटार गाउँपालिका २२ जना कफी किसानको सहभागिता छ।
कफी खेतीको लागि धेरै सम्भावना बोकेको यस जिल्लामा कफीको वैज्ञानिक, दिगो तथा व्यवसायिक उत्पादन तथा उत्पादकत्व बढाइ आपूर्ति क्षमता अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरिएको हो । साथै तालिमले संभावित किसानहरूलाई कफी संभावना र लाभबारे जानकारी दिइ यसक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्य पनि राखेको छ । स्थानीय तह मार्फत उद्यमी तथा किसानलाई कफी मूल्य श्रींखलामा उनीहरूको उच्चतम सहभागीता सहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।
हुप्सेकोट गाउँपालिकाबाट तालिमकी सहभागी तुलीसरा रानामगरले तालिमको अवसरबाट आफु धेरै उत्साहित भएको बताउँदै तालिमबाट सिकेको ज्ञान उपयोग गरी आफूले कफी खेती विस्तार गर्ने योजना रहेको सुनाइन् ।हाल १५० कफीका विरूवा सहित कफी खेती गरिरहेकी उनले तालिमा सिकेका कुराबाट आफूलाई कफीको व्यवसायिक संभावनाबारे जानकारी भएको र भविश्यमा कफी खेती विस्तारमा प्रोत्साहन मिलेको सुनाइन् ।
अर्की सहभागी सोही गाउँपालिका कै लालसरा खत्रीले आफूले ५० वटा विरूवाबाट कफी खेती सुरू गरेको बताउँदै तालिमबाट सिकेको प्राविधिक ज्ञानलाई आफ्नो मात्र नभै अन्य किसानको लागि पनि सहयोग पुग्ने आशा व्यक्त गरिन् ।
हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्णसिङ रानामगरले राज्यका सबै अंग र निजी क्षेत्रको सहकार्यमामात्र दिगो कफी उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए । रानामगरले ठूलामात्रामा व्यवसायिक कफी खेती नगरिएसम्म निर्यात क्षमता बढाउन नसकिने बताउँदै किसानको उत्पादनले उचित बजार पाउनु पर्नेमा जोड दिए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका ले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने हो भने नेपाली कफीको उत्पादन बढाउन सहज हुने बताउँदै सरकारले विभिन्न सहुलियतका कार्यक्रम सहित निर्यात प्रवर्द्धन गर्ने योजनाहरू अगाडि बढाएको बताए। कफी किसानले उत्पादन गरेका कफीको बजारको लागि बोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, , इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमका विज्ञ डा। बद्री बस्ताकोटीले नेपालमा कफीको वृहद सम्भावनालाई उपयोग गर्न सम्बन्धित किसानलाई सचेतना अभिवृद्धि गर्न यस किसिमको तालिम आयोजना भएको बताउँदै विदेशी बजारमा उच्च मूल्य रहेको नेपाली कफीको उत्पादन देखि उपभोगसम्मका मूल्य श्रींखलालाई मजवुद बनाउनु पर्नेमा जोड दिए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत तथा प्रशिक्षक चन्द्र पुरीले कफी किसानका उच्चित चिन्तालाई सम्बोधन गरी उनीहरूको व्यवसाय विस्तारमा सरकारले आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपालमा करिब ४२ जिल्लामा करिब ३६५५ हेक्टरमा कफी खेती हुने गरेको छ । नेपालमा आर्थिक वर्ष २०७९र८० मा कफीको उत्पादन करिब ३९४ टन रहेको सरकारी आँकडा छ । सोही आर्थिक वर्षमा नेपालले रू १३ करोड ४ लाख ४१ हजार मूल्य बराबरको ७७ टन कफी निर्यात तथा रू ३२ करोड ५८ लाख ६६ हजार मूल्यवराबरको ४५० टन कफी आयात गरेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |