२०८१ श्रावण १२, शनिबार
नवलपरासी पश्चिम् । सडकमा भौतारिरहने छाडा भुस्याहा कुकुरको टोकाईबाट स्थानीय त्रसित भएका छन् ।अस्पतालमा कुकुरले टोकेर रेबिजविरुद्धको उपचार आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
यसको नियन्त्रणका लागि सम्बन्धित पालिकाहरूले वास्ता नगर्दा सर्वसाधारणहरू बाहिर हिँडडुल गर्दा समेत त्रसित हुनुपरेको स्थानीयको गुनासो छ। हरेक दिनजसो भुस्याहा कुकुरले टोकेका १५ जनाको हाराहारीमा अस्पताल जानू परेको छ ।
परासी स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मात्र दैनिक १५ देखि १६ जना कुकुरले टोकेका सर्वसाधारणहरू आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. किरण पाण्डेले जानकारी दिनुभयो । कुकुरले टोकेका सर्वसाधारणको सङ्ख्या बढेपछि अस्पतालमा रेबिजविरुद्धको औषधि अभाव समेत भएको थियो ।
निःशुल्क रुपमा औषधि नपाइएपछि सर्वसाधारणले महँगोमा औषधि किनेर लगाउँदै आएकोमा दुई दिनअघि मात्र प्रदेश सरकारले पठाएको औषधि आएकाले अहिले निःशुल्क उपलब्ध गराइँदै आइएको डा। पाण्डेले बताउनुभयो । “अहिले एक सय एम्पुल आएको छ । बिरामीको सङ्ख्या बढ्ने हो भने यसले पनि दुई तीन दिन भन्दा धान्न सक्दैन थप औषधि चाहिन्छ” पाण्डेले भन्नू भयो ।
भुस्याहा कुकुरको बिगबिगी बढेपनि रेस्क्युटिम नहुँदा नियन्त्रणमा समस्या भएको रामग्राम नगरपालिकाका कार्यवाहक नगर प्रमुख सम्झना चौधरीले बताउनुभयो । यद्यपि नियन्त्रणको प्रयास भइरहेको चौधरीले बताउनु भयो । जिल्लाका विभिन्न स्थानमा भुस्याहा कुकुरको सङ्ख्या बढ्दै जाँदा स्थानीय तहलाई नियन्त्रणको चुनौती थपिएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |