२०८१ श्रावण १२, शनिबार
देवचुली । देवचुली नगरपालिका वडा नम्बर- १६ बेलस्वारास्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । परिवर्तनका लागि युवा नेपालको संयोजनमा विभिन्न व्यक्तिहरूको सहयोगमा कार्यक्रम गरिएको हो । सोमबार न्यानो कपडा अन्तर्गत विद्यालयकै पोशाक ८० थान स्वीटर र टोपी एक कार्यक्रमका बीच प्रदान गरिएको न्यानो अभियानका अभियन्ता राजु चापागाईले बताए ।
चिसोका कारण कोही पनि बालबालिका विद्यालय छोडन नपरोस् भन्दै चिसोमा बालबालिकाहरुका लागि युवाको न्यानो अभियान सुरु गरेको उनले बताए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले देवचुली नगरपालिकाको विकट गाउँमा रहेको सरस्वती आधारभूत विद्यालयको शैक्षिक गुणस्तरदेखि भौतिक र पूर्वाधार विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने बताए । युवाहरुले अभियानमार्फत बालबालिकाका लागि स्वीटर टोपी वितरणले समुदायमा सकारात्मक सन्देश जाने बताउँदै शैक्षिक सुधारका लागि सरोकारवालाहरुको सहकार्य आवश्यक रहेको उको भनाई छ ।
न्यानो कपडा वितरण कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परमर्शदाता खिमानन्द भुसालले युवाहरुको पहलमा भएको यस्तो कार्य र अभियानले शिक्षाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता खाले कार्यको निरन्तरता दिन आग्रह गरे । उनले अभियानलाई सहयोग गर्ने सम्पूर्णको नामावली सुनाउँदै अभियानमा व्यक्तिगत रुपमा सहयोग गर्दा खुसी मिलेको बताए । न्यानो कपडा वितरण कार्यक्रमको औचित्यका बारे बोल्दै अभियन्ता दीपक शर्माले एक हप्ता अगाडि विद्यालयका बारेमा अध्ययन गरी वास्तविक रुपमै जाडोको समयमा आधारभूत तहका विद्यार्थीहरुमा एकनासको पोशाक नहुँदा विद्यालयमा उपस्थित हुन समेत अप्ठ्यारो परेको र जसका कारण पठन पाठनमा प्रभाव परेकाले सामाजिक सञ्जालमा अभियान थालेको बताउँदै यस अभियानमा सहयोग पुर्याउने सबैमा धन्यवाद दिए । उनले यस अभियानले विद्यार्थीमा नियमित विद्यालयमा उपस्थिति हुनुका साथै पठनपाठनमा सुधार आउने विश्वास व्यक्त गरे ।
सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा देवचुली- १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, देवचुली- १६ का वडा सदस्य रामबहादुर सोमै, विद्यालयका प्रधानाध्यापक समुहिल कुँवर मगर, टोल सुधारका अध्यक्ष कुलबहादुर पाटा मगर, ग्यालेक्सी युवा क्लबका अध्यक्ष रुपबहादुर दर्लामीलगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण परिवर्तनका लागि युवा नेपालका उपाध्यक्ष दीपक न्यौपानेले गरेका थिए । देवचुली नगरपालिकाको वडा नम्बर १६ मा पर्ने सरस्वती आधारभूत विद्यालय पहाडी तथा विकट गाउँका रुपमा मानिन्छ । कक्षा ५ सम्म पढाई सकेपछि यहाँका विद्यार्थी बाह्रकोल/ रजहरतिर थप शिक्षाका लागि जानुपर्ने बाध्यता छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |