२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणीमा बाघको आक्रमणबाट एकै घरका सासूबुहारी मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किवासले दिएको जानकारी अनुसार विनयी त्रिवेणी एक ओमशान्ति टोल बस्ने २८ वर्षीया विष्णु पौडेल र ६० वर्षीया मनादेवी पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
उनीहरु हिजो बिहान ११ बजेतिर घाँस काट्न सोही ठाउँको खहरे जङ्गलमा गएका थिए । अबेरसम्म घर नआएपछि मनादेवीको छोराले प्रहरीमा खबर गरो थिए । प्रहरीले खबर पाउनासाथ स्थानीय र प्रहरीको ६० जनाको टेली बनाई जङ्गलमा खोजतलास गर्नेक्रममा गएराति साढे नौ बजेतिर सासूबुहारी मृत अवस्थामा फेला परेका थिए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दुमा राखिएको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |