२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको बौदीकाली र बुलिङटारमा भएको छुट्टाछुट्टै घटनामा दुई जना घाईते भएका छन् ।
बौदीकाली गाउँपालिका एक स्थित खोलाको ढिकमा गोरु चराइरहेको बेलामा खस्न जाँदा सोही पालिकाको दुई नम्बर वडामा बस्ने ७३ वर्षीय बलबहादुर श्रेष्ठ घाईते हुनुभएको इलाका प्रहरी कार्यालय डेढगाउँले जानकारी दिएको छ । श्रेष्ठ पाँच मिटर तल खोलामा खस्न घाइते भएको र रकुवा स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बुलिङटार गाउँपालिका चार देउराली निवासी २२ वर्षीय दिनेश बराल रुखबाट लडेर घाइते हुनुभएको छ ।
प्रहरीचौकी बुलिङटारले दिएको जानकारी अनुसार जाल्माको रुखमा चढेर घाँस काट्नेक्रममा लड्दा ढाड , टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |