२०८१ श्रावण १२, शनिबार
कावासोती । नेपाल मानव अधिकार वर्षपुस्तक–२०२४ प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रम आज वलपुरको कावासोतीमा सम्पन्न भएको छ ।
कार्यक्रममा गोरखा जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीले जनवरी २०२३ देखि हालसम्म इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विवरण र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । इन्सेकको अभिलेख अनुसार नवलपरासी पूर्व नवलपुरमा सन २०२३ को जनवरी देखि डिसेम्बर सम्मको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ३८ वटा घटना अभिलेख भएको जिल्ला प्रतिनिधि पंगेनीले जानकारी गराउनुभयो । गत वर्ष ३७ घटना अभिलेख भएकोमा यस वर्ष एउटा बढी अर्थात ३८ वटा घटनाको अभिलेख भएको छ । यस वर्ष अभिलेख गरिएका ३८ वटा घटनामा सबै गैर राज्य पक्षबाट पीडित भएका छन् । हत्या एक , कुटपिट ९ , आगजनी एक , बलात्कार दुर्व्यवहार १७, अमानवीय व्यवहार एक , महिला विरुद्धका घरेलु हिंसा आठ , बहुविवाहका एक रहेको पंगेनीले बताउनुभयो । जिल्लामा बलात्कार र यौनहिंसाका घटना बढि भएको छ । त्यसमा पनि परिवारकै सदस्यबाट यौनहिंसामा परेका जघन्य प्रकृतिका घटना भएका छन् । ६ वर्षकी बालिकादेखि ५७ वर्षकी महिला समेत यौन हिंसाबाट पीडित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले कार्यक्रममा बोल्दै जिल्लामा बालिका र महिलामाथि हुने यौनजन्य हिंसाको अवस्था निकै डरलाग्दो देखिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले यौनजन्य हिंसालाई न्यूनिकरण गर्नकै लागि विद्यालयहरूमा सचेतनाको कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । अन्य ठूलाखालका कुनै अप्रिय घटना जिल्लामा नभएपनि महिला बालबालिकामाथि हुने हिंसाको अवस्था डरलाग्दो रहेको उहाँले बताउनुभयो । उहाँले द्वन्द्वको समयमा इन्सेकले मानव अधिकारको सवालमा निकै राम्रो काम गरेको स्मरण गर्दै मानव अधिकार रक्षाको लागि इन्सेकसँग आफू समेत सहकार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले इन्सेकले मानव अधिकार उल्लङ्घनको घटनाहरू अभिलेख गर्दै जिल्लामा मानव अधिकारको अवस्था कस्तो छ भन्ने थाहा पाउन मदत गर्दै आएको बताउनुभयो । उहाँले पछिल्लो समय पुरुष समेत हिंसामा परेको घटनाहरू समाजमा देखिने गरेको भन्दै पुरुषमाथि भएका हिंसालाई पनि इन्सेकले अभिलेख गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा एमनेष्टी इन्टरनेशनले नेपाल नवलपुरका उपाध्यक्ष हरि आचार्यले मानव अधिकारको रक्षा गर्न सरोकारवाला सबै पक्ष एक भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले मानव अधिकारको रक्षाका लागि काम गर्ने सङ्घसंस्थाहरूले एकआपसमा सहकार्य गर्दै सचेतनाका काम र न्यायका लागि पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय , नेपाल पत्रकार महासंघ , नेपाल रेडक्रससोसाइटी , जागृती बाल तथा युवा सरोकार , एमनेष्टी इन्टरनेशनले , मानव अधिकार समूहका प्रमुख प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।
सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई थप तथ्यपरक बनाउनका लागि सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |