२०८१ श्रावण १२, शनिबार
कावासोती । जलवायु परिवर्तन, खाद्य एवं जल सुरक्षा तथा प्राकृतिक विपत्ति जस्ता सामाजिक चुनौतीहरूको समाधान गर्न पारिस्थितिक प्रणालीमा आधारित कृयाकलापमा जोड दिने सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् ।
आज नवलपुरको गैँडाकोटमा सहमति संस्थाको प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट परियोजना अन्तर्गत भएको कतव्र्यबाहकहरुका लागि प्रकृतिमा आधारित समाधानहरू सम्बन्धी क्षमता अभिवृद्धि गोष्ठीमा सहभागि भएका सरोकारवालाहरूले आउँदा दिनमा आफूहरू सहभागि हुने सामाजिक चुनौतीहरूको समाधान र विकास निर्माणका कार्यहरूमा सम्भव भएसम्मका कृयाकलाहरुलाई पारिस्थितिक प्रणालीमा आधारित रहेर गर्न जोड दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा सहभागि भएका नवलपुर र चितवनका जिल्ला समन्वय समिति, चुरे, चितवन रािष्ट्रय निकुञ्ज, सामुदायिक वन महासंघ, डिभिजन वन, खानेपानी महासंघ, कृषि ज्ञान केन्द्र, नगर तथा गाउँपालिका, इन्सेक, मध्यवर्ती उपभोक्ता समितिका प्रमुख तथा प्रतिनिधिहरूले पारिस्थितिक प्रणालीमा आधारित रहेर समाधान गर्न सकिने खालका कृयाकलापहरू समेत पछिल्लो समय भौतिक संरचनामा आधारित गर्ने परिपाटी रहेको हुँदा अबका दिनमा सम्भव भएका सबै समाधानलाई पारिस्थितिक प्रणालीमा आधारित कृयाकलापबाट नै समाधान गर्ने प्रयास गर्ने र समुदायलाई पनि यस कुराप्रति सचेत गराउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागि सरोकारवालाहरूले आफ्नो आफ्नो ठाउँमा देखिएका सामाजिक चुनौतीहरूको पहिचान समेत गरेका थिए । जसमा बाढी, पहिलो , खडेरी माटोको उर्वराशक्तिमा कमी , कृषि उत्पादनमा कमी , जलवायु परिवर्तन , पानीको मुहान सुक्नु , वन्यजन्तु र मानवबीचको द्धन्द्ध लगायतका चुनौतीहरू पहिचान गरि ती चुनौतीहरूको समाधानका लागि अबका दिनमा पारिस्थितिक प्रणालीमा आधारित कृयाकलापहरु, जस्तै वृक्षरोपण , जैविक बाँघ , संरक्षण पोखरी निर्माण , समुदायको जिविकोपार्जनका लागि प्राकृतिक श्रोतको उपयोग जस्ता कृयाकलापहरू गरिने बताएका छन् ।
कार्यक्रममा सहजीकरण गर्दै विज्ञ एवं परामर्शदाता केशवप्रसाद खनालले प्राकृतिक तथा मानव सृजित पारिस्थितिकीय प्रणालीको प्रभावकारी तथा अनुकुलित तवरबाट संरक्षण, दिगो व्यवस्थापन र पुर्नउत्थान कार्य गरी जलवायु परिवर्तन, खाद्य एवं जल सुरक्षा तथा प्राकृतिक विपत्ति जस्ता सामाजिक चुनौतीहरूको सम्बोधन गर्नुपर्नेम जोड दिनुभएको थियो । उहाँले पारिस्थितिकीय प्रणालीमा आधारित धेरै कृयाकलापहरू नेपालको सन्दर्भमा जलश्रोतको क्षेत्रमा कार्यान्वयन भएको जानकारी समेत गराउनुभयो । पारिस्थितिकीय आधारित कृयाकलापहरूबाट समाधान र विकास गर्ने हो भने जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा डब्लु डब्लु एफ नेपालको स्वच्छ जल कार्यक्रमका प्रमुख राजेश साँदले परियोजना सुरुआत गर्नुअघि समुदायमा गरिएको सर्वेक्षणमा अधिकांशले भौतिक संरचनामा आधारित कृयाकलापमा जोड दिएको अनुभव सुनाउँदै आजको कार्यक्रमबाट प्रकृतिमा आधारित रहेर समाधान गर्ने प्रतिबद्धताले आफूहरूको कार्यक्रमले लिएको उद्देश्यलाई साकार पार्छ भन्ने लागेको बताउनुभयो ।
कार्यक्रममा सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले संस्थाले प्रकृतिमा आधारित समाधानका लागि सरोकारवालाहरूलाई सजग गराउँदै सहकार्य गर्दै आएको बताउनुभयो ।
प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले परियोजना अन्तरगत कावासोतीको गुन्द्रही जलाधार क्षेत्र र चितवनको खगेरी जलाधार क्षेत्रमा काम भएको बताउनुभयो । उहाँले मध्यवर्ती क्षेत्र अन्तरगत नवलपुरमा लामिचौर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति अन्तरगतका सात वटा वन र हुप्सेकोटको सामुदायिक वनमा काम भएको बताउनुभयो । परियोजनाले विषेश गरि गरिब , आदिवासी , जनजाति समुदायको जिविकोपार्जनमा जोड दिएको समेत उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |