२०८१ श्रावण १२, शनिबार
चितवन। चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दुई जनाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजे माडी नगरपालिका १ बरुवा स्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सुर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानी प्रसाद पौडेल घाइते हुनुभएको छ ।
तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । बेलेरोको ठक्करबाट गम्भिर घाइते हुनुभएका खत्रीको बगौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने अधिकारीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
मृतक अधिकारी माडी नगरपालिका १ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका ३ आग्रीगाउँ निवासी हुनुहुन्छ । दुर्घटनामा घाइते स्याङजा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |