२०८१ श्रावण १२, शनिबार
नवलपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषण पछि सरकार निष्कर्षमा पुग्ने बताउनुभएको छ । मंगलबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले एनसेल बिक्री प्रकरणका विषयमा जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताउनु भएको हो ।
नियमन गर्ने निकाय दुरसञ्चार प्राधिकरण र राजश्वका सम्बन्धमा राजश्वका पदाधिकारीसँग जानकारी लिने र छलफल जारी रहेको भन्दै उहाँले त्यसपछि सरकार निष्कर्षमा पुग्ने बताउनुभयो । ‘ किनबेच गर्ने निकायले , नियमन गर्ने निकायसँग यसको अनुमति लिएर किनबेच गर्नुपर्ने व्यवस्था छ । त्यसको बावजुत बाहिरनै किनबेच भयो भन्ने कुरा आएको छ । यसको गहिराइमा हामी पुग्छौ, हाम्रो कानूनी व्यवस्था जे छ , कानूनी व्यवस्थाको आधारमा यसको गहिराइमा गएर विश्लेषण गरेर सरकार निष्कर्षमा पुग्छ ’ अर्थमन्त्री डा. महतले भन्नुभयो ।
नियमनकारी निकाय मार्फत नियमन गर्ने विषयमा पुरा गर्नुपर्ने कुराहरू के कति भएको छ बुझेर निष्कर्ष निकालेर त्यसको आधारमा सरकार अघि बढ्ने अर्थमन्त्री डा. महतले बताउनुभयो ।
किनबेच हुने कुरा कुनै अनौठो विषय नभएको तर विधि पूर्वक कानूनी व्यवस्था अनुसार भयो कि भएन भन्ने कुरा प्रमुख रहेको उहाँले बताउनुभो । ‘किनेबेच विधिपूर्वक कानूनी व्यवस्था अनुसार भयो भएन भन्ने हो, कुनै कारणले रकम कम देखाएको त छैन, त्यसको यथार्थ मूल्यभन्दा के कारणले तल भयो त्यसको छानविन हुनुपर्छ ’ अर्थमन्त्री डा. महतले भन्नुभयो ‘तर किनबेच हुँदैमा लगानी कर्ताहरू आउन खोजेनन्, हाम्रो अर्थनीति ठिक भएन भन्ने होइन ।’
अर्थमन्त्री डा. महतले अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताउनुभयो । हिजो ऋण लिएर लगानी गरेकोमा अहिले प्रतिफल नआउँदा कतिपय समस्यामा परेको उहाँले बताउनुभयो । लगानी गर्दा गदै पनि समस्यामा परेकालाई ब्याजमा राहत दिने कुरा, समय दिने कुरा राष्ट्रबैङ्क मार्फत गृहकार्य भइरहेको उहाँले बताउनुभयो । यस विषयमा केही न केही सम्बोधन हुने अर्थमन्त्री डा. महतले बताउनुभयो । तर जानी जानी तिर्दै तिर्दिनँ भन्ने प्रवृत्तिलाई ठाडै नकार्ने उहाँले बताउनुभयो । ‘जले जानी जानी तिर्दै तिर्दिनँ भन्छ ,त्यस्तो प्रवृत्तिलाई ठाडै नकार्छौं, तर जो गर्दागर्दै पनि केही समस्यामा परेकाछन्, त्यसलाई केही सम्बोधन गर्दै जान्छौ ।’ अर्थमन्त्री डा. महतले भन्नुभयो ।
जिल्लाको कावासोतीमा नेपाल प्रेस युनियन जिल्ला शाखा नवलपुरका सभापति खगराज सापकोटाको अध्यक्षता तथा सचिव कल्पना कुँवरको संचालनमा पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |