२०८१ आश्विन ५, शनिबार
कावासोती । कावासोती १२ पिठौलीमा हरिबोधनी एकादशीको अवसरमा लाग्ने एकादशी मेला आजबाट सुरु भएको छ ।
पिठौली चौर युवा समिति कावासोती १२ को आयोजना र व्यवस्थापन तथा कावासोती १२ को समन्वयमा मेला सुरु भएको हो ।
मेलाको आज कावासोती १२ का अध्यक्ष ध्रुव खनाल , कावासोती ११ का अध्यक्ष शारदाप्रसाद अधिकारी , कावासोती १३ का अध्यक्ष लालबहादुर गुरुङले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटनअघि पिठौली चोकबाट मेला स्थलसम्म र्याली निकालिएको थियो । स्थानीय विद्यालय , आमा समूह, युवा समूहको सहभागितामा र्याली नियालिएको थियो । र्याली मेलास्थलसम्म पुगेर औपचारिक कार्यक्रम सुरु भएको थियो । पिठौली चौर युवा समितिका उपाध्यक्ष सुन्दर सेनको अध्यक्षता तथा कावासोती १२ का अध्यक्ष ध्रुव खनालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष खनालले पिठौलीमा परापूर्वकालदेखि नै ठूलो एकादशीमा मेला लाग्दै आएको स्मरण गर्दै त्यसको निरन्तरता र संरक्षण गर्ने दायित्व स्थनीयकै भएको बताउनुभयो । आफू अहिले जनप्रतिनिधि भएको कारण पनि मेलाको लागि वडाले समन्वय गरेको बताउनुभयो । वर्षौँदेखि चलेको परम्परालाई जोगाउने काममा यहाँका युवाहरूले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
धार्मिक कार्यक्रममा कावासोती ११ का अध्यक्ष शारदाप्रसाद अधिकारी , कावासोती १३ का अध्यक्ष लालबहादुर गुरुङ, कावासोती ११ , १२ र १३ का वडा सदस्यहरू , विद्यालयका प्रधानअध्यापक , शिक्षक तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
आज पहिलो दिन स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती रहेको थियो । स्थानीय कलाकारहरूलाई प्राथमिकता दिदै , स्थानीय प्रतिभालाई उजागर गर्न पहिलो दिन स्थानीय स्तरका कलाकारको सांस्कृतिक कार्यक्रम आयोजना गरिएको पिठौली चौर युवा समितिका सचिव नविन मानन्धरले जानकारी दिनुभयो । भोली राष्ट्रिय कलाकार राजन गुरुङ , राज सिग्देल , ज्योति मगर , कुशल बेल्बासे लगायतका कलाकारहरुको प्रस्तुती रहेको छ ।
पिठौलीमा प्रतेक वर्ष ठूलो एकादशीको अवसर पारेर मेला लाग्ने गर्दछ । यस वर्ष पनि आज र भोलि दुई दिन मेला आयोजना गरिएको छ ।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित स्थानीय खानाका परिकार , नवलपुरको पहाडी क्षेत्रको सुन्तला , विभिन्न व्यवसायिक स्टल समेत रहेको समितिका सचिव नवीन मानन्धरले जानकारी दिनुभयो ।
यहाँ प्रतेक वर्ष नारायणी नदीमा ठूलो एकादशीका दिन स्नान र पूजाअर्चना गर्न नवलपुर सहित आसपासका जिल्लाहरुबाट समेत भक्तजनहरू आउने गर्दछन् । यहाँ विभिन्न ठाउँबाट आएका भक्तजनहरूले भजन कृतन बाजागाजा सहित नारायणी नदीमा तोरण टाङ्ने , तुलसी रोपेर पूजाअर्चना गर्ने गर्दछन् ।
ठूलो एकादशीमा नवलपुरको पिठौली, केउरेनी, शिख्रौली, गुन्द्रही , बालीघाट , त्रिवेणी लगायतका तीर्थस्थलहरूमा विशेष मेला लाग्ने गर्दछ । यस्तै नारायणी नदीमा बोटिङ्गको व्यवस्था समेत गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |