२०८० मंसिर २५, सोमबार
नवलपुर । नेपाल मगर संघ नवलपुरले आयोजना गरेको प्रथम नवलपुर मगर सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सवको तेस्रो दिनको कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशनबहादुर गाहा मगरको प्रमुख आतिथ्यतामा भएको छ ।
मंसिर १ गतेदेखि शुरु भएको महोत्सव मंसिर १२ गते सम्म चल्ने छ । महोत्सवमा आजदेखि कौराहा नाच प्रतियोगिता समेत शुरु भएको छ । महोत्सवमा आज पाल्पाली कौराहा समाज हुुप्सेकोट २ कोलिया नवलपुरको प्रस्तुति रहेको थियो ।
त्यसैगरी भोलि भिमाद न.पा.२ जिलाङ्ग धरिडाडा तनहुको कौराहा नाच प्रतियोगिता रहने छ ।
यसैबीच नवलपुर होटेल व्यवसायी संघ नवलपुरले कावासोतीमा जारी नवलपुर महोत्सवमा नवलपुरमा घुम्न आएका विदेशी पर्यटकहरुलाई सम्मान गरेको अध्यक्ष सन्तोष राना मगरले बताए ।
त्यसैगरी भोलि महोत्सवमा चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, रुपा राना मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने नवलपुर मगर संघका सांस्कृतिक संयोजक एवम जिल्ला उपाध्यक्ष देव गाहा मगरले बताए ।
महोत्सवको तेस्रो दिन आज ५ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |