२०८० मंसिर २५, सोमबार
बालबालिकाहरू स्वभावैले चुलबुले, चकचके हुन्छन् । उनीहरू एकै ठाउँमा बसिरहन रुचाउँदैनन् । यो चञ्चले उमेरमा नयाँ नयाँ ठाउँमा घुम्न, थरीथरीका खानेकुरा खान, खेल्न, रमाइलो गर्न उनीहरुलाई औधी मन पर्छ ।
विकसित मुलुकमा जस्तो नेपालमा बालबालिकालाई नियमित रुपमा घुमाउन लैजाने चलन निकै कम छ । बिदामा पनि उनीहरुलाई घरमै राख्ने नेपाली समाजको आम चलन हो ।
अन्य मुलुकमा बिदाको दिन सन्तानसँगै अभिभावक पनि घुम्न जाने गर्छन् । नेपालमा घुम्न आउने विदेशी पर्यटकले बालबालिकासमेत सँगै लिएर आएको हामी देखिरहेकै हुन्छौं । हामीकहाँ बाहिर घुमाउन लैजाँदा धेरै पैसा खर्च हुने कारणले पनि यो चलन विकास नभएको हुन सक्छ ।
बालिबालिका घरबाहिर घुमाउँदा धेरै खर्च लाग्छ ?
घरबाट बाहिर घुमाउन लैजाँदा बालबालिकालाई धेरै खर्च लाग्छ भन्ने होइन । बाहिर भन्नेबित्तिकै महंगो होटल वा रेस्टुरेन्टमा खाना खुवाउनुपर्छ, चर्को शुल्क लाग्ने पार्कमा नै घुमाउन लैजानुपर्छ भन्ने होइन ।
शुल्क नलाग्ने पार्क, आफ्नै घरवरिपरिका मन्दिर तथा छोटो दूरीको हाइकिङमा बच्चालाई लैजान सकिन्छ । हाइकिङ जाँदा पनि घरबाटै खाजा बनाएर लैजान सकिन्छ, यसले खर्च बचाउँछ ।
‘क्वालिटी टाइम‘
‘क्वालिटी टाइम’ बिताउनु भन्ने त हामीले सुनिरहेकै हुन्छौं । बालबालिकालाई घरबाहिर घुमाउनु लैजानु पनि क्वालिटी टाइम अन्तर्गतकै कार्य हो । बालबालिकालाई बाहिर घुमाउँदा उनीहरुले आफ्नो इच्छा, दृष्टिकोण, सोच, व्यवहार राम्रोसँग पहिचान गर्न सक्नेछन् । घरमा बस्दा भन्दा बाहिर घुम्दा देखिएका, भेटिएका कुराहरुको चासोले उनीहरुलाई थप सिक्ने मौका मिल्छ ।
घरभित्रै सीमित गर्दा के हुन्छ ?
बालबालिकालाई घरभित्र मात्रै सीमित राख्दा उनीहरुको बाहिरको वातावरणमा घुलमिल हुनै पाउँदैनन् । जसकारण उनीहरुको मस्तिष्क र स्मरण क्षमतामा पनि असर पर्छ । हुन त आजभोलि इन्टरनेटको पहुँच घरघरमा छ । तर इन्टरनेटमा हेरेर बाहिर दुनियाँ हेर्नु वा बुझ्नु भन्दा प्रत्यक्ष रुपमा साक्षात्कार गर्नु मानसिक र शारीरिक रुपमा फाइदाजनक हुन्छ । उनीहरुले व्यावहारिक शिक्षा, घरबाहिरको छुट्टै संसार बुझ्ने मौका पाउँछन् । ठाउँ अनुसार परिवेश, रहनसहन, खानपान, व्यवहार, सामाजिक अन्तरघुलन, बोलीवचन सिक्ने मौका पाउँछन् ।
जुन उनीहरुले जीवनभर याद गर्छन् । यसले पैसा तिरेर सिकाउन नसकेको व्यवहारिक भूमिका सिकाउँछ । जीवनमा आउने उतारचढावसँग सजिलै लड्न सक्ने क्षमता पनि विकास हुन्छ । घुमघामले उनीहरुको मनोबल बढाउन मद्दत गर्छ ।
कहाँ–कहाँ घुमाउने ?
बालबालिकालाई यस्तै ठाउँमा मात्रै घुमाउनुपर्छ भन्ने छैन र त्यसका लागि टाढा लैजानु पनि पर्दैन । घरदेखि नजिकको पार्क, मन्दिर, खेल मैदान, नजिकैका डाँडाकाँडा, नदी, तलाउ क्षेत्रमा घुमाउन लैजान सकिन्छ । कहिलेकाहीं उनीहरुलाई आधुनिक कुरा देखाउन सपिङ मल, सिनेमा हलमा लैजान सकिन्छ । उनीहरुका लागि घुम्न रुचि लाग्ने अर्को ठाउँ हो, बाल उद्यान । त्यहाँ खेल्न पाउँदा उनीहरु निकै रोमाञ्चित हुन्छन् ।
एजेन्सीको सहयोगमा
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |