२०८० मंसिर २५, सोमबार
नवलपुर । यहाँको पहाडी बौदीकाली गाउँपालिकामा यस पटकको तिहारमा बाहिरबाट सयपत्री फूल ल्याउन नपाइने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवलबहादुर बस्नेतले मंगरबार एक सूचना प्रकाशन गरेर गाउँपालिकाभन्दा बाहिरबाट फूल नल्याउन र गाउँकै किसानले उत्पादन गरेको सयपत्री फूलमात्र प्रयोग गर्न पर्ने उर्दी जारी गरेका हुन् ।
गाउँका ८ जना किसानले यो पटक उत्पादन गरेका सयपत्रीको फूल प्रयोग गर्नुपर्ने भन्दै एक सूचना जारी गरेर फूल उत्पादनक किसानको नाम र मोबाइल नम्बरसमेत दिएका छन् । गाउँकै खिमचन्द्र भण्डारी, रवीन्द्रराज कँडेल, भानुभक्त ओझा, संगीता पौडेल, खहरे कृषक समूह, डण्डपानी कोइराला, टिकामाया सार्की र नेहा सारुमगर लगायतले आआफनो खेतबारीमा उत्पादन गरेको सयपत्री फूल प्रयोग गर्न अनुरोध गरेका छन् ।
बस्नेतले गाउँपालिका भित्रका सर्वसाधारण, सरकारी, गैरसरकारी संघसंस्थाले गाउँपालिका भित्रकै किसानले उत्पादन गरेको सयपत्री फूल प्रयोग गरेर स्थानीय उत्पादनलाई टेवा दिन पनि अपिल गरेका छन् । गाउँपालिकाभित्रका कसैले पनि आयातित, नस्ट नहुने र नकुहिने (प्लास्टिकका फुल) ल्याउन र प्रयोग गर्न नपाइने सूचनामा उल्लेख छ ।
करिब ७ हजार जनसंख्या रहेको बौदीकाली गाउँपालिका पूर्वी नवलपरासीको दुर्गम पहाडी गाउँपालिका हो । कान्तिपुर अनलाइन
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |