२०८१ श्रावण १२, शनिबार
कावासोती । जाजरकोट केन्द्र बनाई गएको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका र देवचुली नगरपालिकाले पनि आर्थिक सहयोग उपलब्ध गराउने भएका छन् ।
बिनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले आईतबार प्रेस विज्ञप्तिी जारी गर्दै भुकम्प पीडितका लागि गाउापालिकाको तर्फबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको हो । यस्तै देवचुली नगरपालिलिका प्रमुख हरि प्रसाद न्यौपानेले पनि आइतबार नै प्रेस विज्ञप्ती जारी गर्दै दुई लाख रुयैयाँ उपलब्ध गराउने जानकारी गराउनुभएको छ ।
प्रेस विज्ञप्तिमा भूकम्प पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने जनाइएको छ ।
यस्तै भूकम्पमा परी मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
पालिकाको तर्फबाट उक्त रकम नेपाल सरकार वा सरकारी विपत् कोष मार्फत पीडितहरूको लागि पठाइने जनाइएको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिकाले पनि शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पबाट पीडितहरूको लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी गराएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |