२०८० मंसिर २५, सोमबार
काठमाडौं आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । घरेलु टिम नेपाललाई सुपर ओभरमा रनले पराजित गर्दै ओमानले उपाधि जितेको हो । सुपर ओभरमा अभिनाष बोहोराको बलमा ओमानले २१ रन जोडेको थियो । नेपालले सुपर ओभरमा १० रन मात्र बनायो । यसअघि १८५ रनको लक्ष्य पाएको ओमानले १८४ रन मात्र बनाएपछि खेल सुपर ओभरमा गएको थियो । ओमानका लागि काश्यप प्रजापतिले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै, अकिब सुल्हेरीले ३३, कप्तान जिसन मस्कुदले २६ र आयन खानले १० रन जोडे ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेल, गुल्सन झा र करण केसीले सानदार ब्याटिङ गरे । गुल्सनले २५ बलमा ५४ रनको सानदार अर्धशतकीय पारी खेले । सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएका बेला मैदान छिरेका उनले कप्तान पौडेलसँग महत्त्वपूर्ण साझेदारी गर्दै टिमलाई उकासेका थिए ।
पौडेल ३७ बलमा ५२ रनको अर्धशतकीय पारी खेलेर नटआउट रहे । करण केसी ६ बलमा २० रन बनाएर नटआउट रहे । कुशल भुर्तेलले २२ बलमा ३१, आसिफ सेखले ६ बलमा ६, सन्दीप जोराले १३ मा १०, कुशल मल्लले ९ बलमा ३ र विवेक यादवले ३ बलमा १ रनको योगदान दिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |