२०८० मंसिर २४, आईतबार
कावासाेती । कावासाेतीका मासु तथा माछा पसलमा कावासाेती नगरपालिकाले अनुगमन गरेको छ। चाडपर्व लक्षित गरि पालिकाले यहाँ रहेका मासु तथा माछा पसलमा अनुगमन गरेको नगरपालिकाका बजार अनुगमन संयाेजक दिनेश भण्डारीले बताउनुभयो ।
शुद्व,गुणस्तरीय मासुकाे बिक्री हाेस र उपभोक्ताकाे स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव नपराेस भनेर अनुगमन गरिएको बजार अनुगमन संयाेजक भण्डारीले बताउनुभयो ।
कावासाेती नगरपालिका हाटबजार , फलफूल चाेक, थाना चाेक , विपि चाेक लगायतका स्थानमा रहेका मासु तथा माछा पसलकाे अनुगमन गरिएको हाे ।
अनुगमनका क्रममा गुणस्तरीय मासु ,माछा बिक्री गर्न,सरसफाइमा ध्यान दिन, दर्ता नविकरण गरि व्यवसाय संचालन गर्न निर्देशन गरिएको बजार अनुगमन संयाेजक भण्डारीले बताउनुभयो ।
अनुगमनलाई पालिकाले निरन्तरता दिदै जाने जनाईएकाे छ। अन्य खाध्य तथा उपभाेग्य बस्तुकाे बिक्रीकाे अवस्था लगायतका विषयमा अनुगमन गरिने भण्डारीले बताउनुभयो ।
उपभोक्ताले समेत सामान किन्दा उपभाेग्य मिति हेरेेर,गुणस्तर हेेरी खरिद गर्न संयाेजक भण्डारीले अनुराेध गर्नुभयाे।
आज भएको अनुगमन टाेलीमा पालिका, जिल्ला प्रशासन,जिल्ला प्रहरी ,उधाेग वाणिज्य संघ, उपभोक्ता हकहित संंरक्षण मञ्च , जिल्ला प्रहरी , पत्रकारका प्रतिनिधि लगायतकाे सहभागीता रहेको थियाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |