२०८० मंसिर २५, सोमबार
काठमाडौँ । प्यालेस्टाइनी हमास समूह र इजरायलबीच जारी युद्धमा मृत्यु हुनेको संख्या झण्डै ३ हजार नजिक पुगेको छ । बीबीसीका अनुसार इजरायलले गाजापट्टीमा जारी राखेको हवाइ आक्रमणमा १५ सयभन्दा बढीको मृत्यु भएको छ ।
त्यहाँ तीन लाख ३८ हजार मानिस विस्थापित भएका छन् । हजारौँ मानिस घाइते छन् । संयुक्त राष्ट्रसंघले इजरायलले जारी राखेको हवाइ आक्रमणमा गाजाको अवस्था कष्टकर बनेको छ । पानी र खानेकुरा सहित औषधिसमेत सकिन थालेको छ ।
गाजापट्टीका ५० हजार गर्भवती महिला आधारभूत सेवाबाट बञ्चित हुने अवस्थामा पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ । यस्तै हमासले गरेको आक्रमणमा इजरायलमा १३ सयभन्दा बढीको मृत्यु भएको छ । इजरायलतर्फ पनि घाइतेकको संख्या हजारौँ पुगेको छ ।
यसैबीच ह्युमन राइट्स वाचले इजरायलले गाजापट्टी र लेबनानमा सेतो फस्पोरसयुक्त हतियार प्रयोग गरेको आरोप लगाएको छ । सेनाले कुनै संकेतका लागि मात्रै प्रयोग गर्ने अत्यधिक घातक रासायनिक हतियार इजरायले प्रयोग गरेको ह्युमन राइट्स वाचको आरोप छ । भीडभाडयुक्त क्षेत्रमा यसको प्रयोग गर्दा ठूलो मानवीय क्षति हुने बताइन्छ । एजेन्सी
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |