२०८० मंसिर २५, सोमबार
बिहार । भारतको नयाँ दिल्लीको आनन्द बिहारबाट कामाख्या गइरहेको रेल दिल्ली–कामाख्या नर्थ इस्ट एक्सप्रेस बुधबार राति दुर्घटनामा परेको छ । घटनामा चार जनाको मृत्यु हुनको साथै ७१ जना घाइते भएका छन् ।
बुधबार राति करिब ९ बजेर ५३ मिनेट जाँदा बिहारको बक्सर–आराको बिचमा रहेको रघुनाथपुर स्टेसनमा घटना भएको बीबीसीले उल्लेख गरेको छ । जसमा रेलका २३ वटा डिब्बा लिकबाट उत्रिएको बताइएको छ ।
सुरक्षित रहेका यात्रुहरूलाई ३ बजे बिहान विशेष रेलबाट कामाख्या पठाइएको थियो । बक्सरका जिल्लाधिकारी अंशुल अग्रवालले घटनास्थलबाट चार जनाको शव बरामद भएको र ७१ जना घाइतेहरूलाई आरा, बक्सर र पटना पठाइएको जानकारी दिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |