२०८० मंसिर १५, शुक्रबार
कावासोती । स्वास्थ्यको लागि खेलकुद राष्ट्का लागि खेलकुद भन्ने मुल नाराको साथ कावासोती -४, युवा सँजालको आयोजना कावासोती नगरपालीकाको आर्थीक सहयोग र सेन्ट्रल कलेज अफ भाेकेशनल ट्रेनिङको प्रयोजनामा कावासोती ४ स्थित नवदुर्गा क्रिकेट मैदानमा आजबाट नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगीता सुरु भएको छ ।उदघाटन समारोहको अध्यक्षता युवा सँजाल कावासोती ४ का अध्यक्ष कुमार रानाले गर्नु भएको थियो । नगर प्रमूख विष्णुप्रसाद भुसालकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कावासोती शिक्षा शाखा प्रमुख क्षेत्र प्रसाद भणडारी सहित वडा अध्यक्ष लगायतकाे उपस्थित रहेको थियाे । कार्यक्रम सँचालन खेल संयाेजक प्रशान्त चापागाँईले गर्नू भएको थियो ।
प्रमुख अतिथि भुषालले नवलपुरको सम्पुर्ण पालीकामा पहीलो पटक यसरी कार्यक्रम भएको र आगामी दिनहरुमा पनि क्रीकेटमा आफुले सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयाे । जनाउँदै खेल सँचालन गरेकाेमा वडा र युवा सँजाललाई विशेष धन्यवाद दिनुभयाे ।
प्रतियोगिताको उदघाटन खेलमा कावासोती २ र ३ को खेल भएकोमा टस जितेर कावासोती ३ ले ब्याटिङ गर्ने निणय गरेको थियो । ब्याटिङको क्रममा काबासोती ३ ले २० ओभर खेल्दै ८ विकेटको क्षतीमा कावासोती २ लाई १०५ को मध्यम लक्ष्य दिएको थियो जसका लागि टिमका ओपनर सुवास गाहा मगर मिसकल ले राम्रो सुरुवात दिएका थिए ।
मध्यम लक्ष्य पछाएको कावासोती २ ले राम्रो सुरुवात गरे पनी टिमका ओपनर रेवन मगर आउट भएपछि भने धरासायी भएको थियो ।
कावासोती ३ का कप्तान सनीम श्रेष्ठले ५ विकेट लिगेर कावासोती ३ लाई सस्तैमा समेटन उत्कृस्ट प्रदशन गर्दै ३५ रनको जित निकाल्न योगदान दिएका थिए भने यो जित सँगै कावासोती ३ दोस्रो राउन्डमा प्रवेश गरेको छ ।
कावासोती ३ का सनीम श्रेष्ठ ५ विकेट लिँदै म्यान अफ दी म्याच हुन सफल भएका थिए ।
भोली कावासोती ४ a र कावासोती ८ a बिच बिहान ८ बजे खेल हुने आयोजकले जनाएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |